श्रोत नखुलेको ११ लाख ६५ हजार सहित २ व्यक्ती पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन १०

श्रोत नखुलेको ठुलो परिमाणको रकम सहित दमौलीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला माडी गाउँपालिका–५ पासाबाङ स्थायी घर भई हाल जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका–१० बस्ने २० बर्षिय लक्ष्मण के.सी.र सोही ठाउँ स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरी नपा–१० का २५ बर्षिय सुसान केसी रहेका छन् ।

बुधबार साँझ व्यास नगरपालिका–३ दुर्गामन्दिर स्थित पृथ्वी राजमार्ग सडक खण्डमा चेकिङ गरिरहेको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौ तर्फबाट पोखरा तर्फ जान आउँदै गरेको बा ५७ प ७५०६ नं. को बुलेट मोटरसाईकललाई चेकिङ गर्ने क्रममा केसीद्वयको साथबाट श्रोत नखुलेको नेपाली रु.१ हजार दरको नोट थान ३६५ वटाको रु.३ लाख ६५ हजार र रु.५ सय दरका नोट १६०० वटाको रु.८ लाख गरी जम्मा ११ लाख ६५ हजार फेला परेको हुँदा उक्त रकम सहित मोटरसाईकल र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका