सडक मापदण्डमा पर्ने घर टहरा नहटाएमा बन्दिपुर गाउँपालिकाले सुविधाबाट बन्चित गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन १०

बन्दिपुर गाउँपालिकाले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएमा गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट बन्चित गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विहिबार विज्ञप्ति प्रकाशित गरि सडक मापदण्डमा पर्ने घर टहरा स्वत स्फुर्त रुपमा यस्ता घर धनीहरुलाई वडा कार्यालय, गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध नगराईनुका साथै कानुन बमोजिम कारवाही गरिने चेतावनी दिएका छन् ।

बन्दीपुर गाउँपालिका अन्तर्गत पृथ्वी राजमार्गको सडक मापदण्ड भित्र पर्ने घर टहरा हटाउने सम्बन्धि गाउँपालिका कार्यालयले यस अघि पनि पटक पटक सूचना प्रकाशित गर्दा पनि हालसम्म सबै घरटहरा नभत्काएको साथै हाल घर अगाडी सडक मापदण्डमा पर्ने गरि ट्रष्ट निर्माण समेत गरेको पाइएकोले सडक मापदण्ड भित्र निर्माण भएका घर टहरा र ट्रष्ट तत्काल हटाउन सुचना मार्फत गाउँपालिकाका अध्यक्ष थापाले अनुरोध गरेका छन् ।

सडक मापदण्डमा परेका डुम्रे बजारका केही घर टहरा अझैसम्म पनि नहटाउँदा मुग्लिन–पोखरा सडक विस्तारमा अवरोध भएको भन्दै सडक विस्तार आयोजनाले ति घर टहरा हटाउने कार्यमा सहयोग गर्न बन्दिपुर गाउँपालिकालाई पटक पटक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू