अन्जान परियार । घिरिङ, साउन ११
तनहुँको घिरिङ गाउँपालिकामा महिलाहरुलाई ३ दिने शसक्तिकरण तालिम सम्पन्न भएको छ । जलदेवी सामुदायिक सिकाई केन्द्र घिरिङ हटियाको आयोजनामा र घिरिङ गाउँपालिकाको प्राविधिक सहयोगमा गरिएको सो कार्यक्रम गाउँपालिका कार्यालयको सभाहलमा साउन ७ गते देखि ९ गते सम्म सन्चालन भएको थियो ।
उक्त तालीममा गाउँपालिका भित्रका सबै वडा र टोल बाट प्रतिनिधित्व गरि तिस जना महिलाहरू सहभागी भएका थिए । महिलाहरुलाई सशक्त बनाउने, क्षमता अभिबृद्धि र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आयोजना गरेको सो तालिममा सहजकर्ताको रुपमा बालकृष्ण लामिछाने र अन्जान परियार रहेका थिए ।
जलदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुन नारायण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उपाध्यक्ष अधिकारीले कार्यक्रममा बोल्दै हिजो देखि पुर्खाले महिलाहरुलाई ठग्दै आइरहेकाले जहिले सम्म शिक्षित र सचेत हुँदैनौ तव सम्म समान अधिकार लिन नसक्ने दाबी गरिन् । यो तालिमबाट महिलाहरुले आफ्नो हक अधिकारको प्रयोगको लागी सशक्त हुन आवस्यक रहेको बताइन् । महिला र दलितको सामावेशी भए मात्र समतामूलक समाज निर्माण हुनसक्ने हुँदा आगामी दिनमा महिलाहरु शैक्षिक र चेतनाको बिकास गरि सशक्तीकरण हुनु पर्ने बताइन् ।
यस्तै गरि तालिममा सहभागीहरुले तालिम उपलब्धिमुलक रहेको भन्दै प्रशिक्षक र सिकाई केन्द्र प्रती धन्यवाद ब्यक्त गरेका थिए । उनिहरुले क्षमता अभिबृद्धी, महिला हक अधिकार, हिँसा बिरुद्ध जनचेतना मुलक कार्यक्रम, कानुनी साक्षरता र महिला उधमी बिकास बारे ज्ञान प्राप्त गरेको बताएका थिए ।
सो कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव लामिछाने र लेखा सहायक रामु पराजुलीको उपस्थिति रहेको थियो । भने सो कार्यक्रम सन्चालन सिकाई केन्द्रको कर्मचारी टीका माया आलेले गरेकी थिइन् ।