बन्दिपुरमा बृक्षारोपण अभियान जारी

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन ११

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन सुरु गरिएको प्रति वर्ष दुई हजार बिरुवा रोप्ने अभियान जारी रहेको छ ।

‘प्रती बर्ष दुई हजार बिरुवा रोप्ने’ बन्दिपुर गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार शुक्रबार पनि बन्दिपुर–२ को सडक वरपर बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, अन्य जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थितिमा बृक्षारोपण गरिएको छ ।

विशेषगरी बन्दीपुरबाट टुँडिखेल जाने बाटो, टुँडिखेल वरपर, अस्पताल जाने बाटो, रिङरोड, डुम्रे– बन्दीपुर सडक क्षेत्रमा हरियाली वातावरण तथा रमणीय स्थल बनाउन सके फुल फुल्ने समयमा पर्यटकहरु आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । यो अभियान सफल पार्न आम नागरिकलगायत सबै लाग्नुपर्ने उनले बताए ।

विभिन्न संघसंस्थासँग समन्वय गरी गुरुयोजना बनाई सशक्त ढंगबाट अघि बढाइने गाउँपालिकाले जनाएको छ । वृक्षारोपण अभियानले वातावरणीय टेवा पुग्नुका साथै सौन्दर्यमा समेत सघाउ पुग्ने आशा गाउँपालिकाको छ ।

प्रती बर्ष दुई हजार बिरुवा रोप्ने बन्दिपुर गाउँपालिकाको नीति तथा कार्यक्रम बमोजिम गाउँपालिकाले अभियानको रुपमा सन्चालन गरेको बृक्षारोपण कार्यक्रमको शुक्रबार आठौं दिन वडा नम्बर २ अन्तर्गतका विभिन्न सडकहरुको दायाँबायाँ गाउपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा अध्यक्ष तिलक कुवर, वडा सदस्यहरु, स्थानियबासीहरु एवम् गाउँपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग