डुम्रे, साउन १२
भानु नगरपालिकाको भन्सारमा यही साउन १९ गतेदेखी १७ औं भानुकप फुटबल प्रतियोगिता हुने भएको छ । भन्सार युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै भानुकपको बारेमा जानकारी गराएको हो ।
भानु नगरपालिका– १ भन्सार स्थित खेलमैदानमा हुने उक्त प्रतियोगितामा २४ टिमकमो सहभागिता हुने क्लवका अध्यक्ष बिष्णु अधिकारीले जानकारी दिए । भन्सारलाई राष्ट्रिय रुपमा चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिए ।
भन्सार युवा परिवार, सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा उक्त फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भाग लिने टिमले ३ जना सम्म बिदेशी खेलाडी राख्न पाउने व्यवस्था मिलाइएको भन्सार युवा परिवारका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्बाधिक गोलकर्ता, अनुसासित टिम र म्यान अफ द म्याचको लागि पनि पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा साउन २६ गते समापन हुनेछ ।
२०५९ सालदेखी सन्चालन गरिएको भानुकप यस अघि केही वर्ष कोभिडको कारण स्थगित गरिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अधिकारीले बताए ।
पत्रकार सम्मेलन मार्फत आयोजकले खेलप्रेमी दर्शकहरुलाई प्रतियोगिता हेर्न आउनको लागि आग्रह समेत गरेको छ । खुल्ला नकआउट फुटबल प्रतियोगिता भएकाले विभिन्न ठाउँबाट खेलाडीले सहभागिता जनाउने भएका छन् । खेलाडीलाई आकर्षण गर्न प्रत्येक बर्ष पुरस्कारको राशी पनि वृद्धि गराउदै गैरहेको आर्थिक संयोजक सोम तामाङले जानकारी दिए ।
नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यलाई बिश्व माझ चिनाउन पनि यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने मेयर आनन्दराज त्रिपाठीले बताए । खेलाडी उत्पादन गर्न पनि यस्ता प्रतियोगिताले सहयोग पु¥याउने भन्दै मेयर त्रिपाठीले तर सुबिधा सम्पन्न खेलमैदान नभएकाले त्यसको बिसयमा पनि सोच्नुपर्ने समय आएको उनले बताए ।