शान्ति सुरक्षा, जुवातास तथा लागुऔषध नियन्त्रण मुख्य प्राथमिकतामाः एसपी शाही

Devghat Online

शेयर गरौ

दमौली, साउन १४

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्रबहादुर शाहीले तनहुँ जिल्लाको शान्ति सुरक्षा, लागु औषध तथा जुवातास नियन्त्रण गरि अमनयचन कायम गर्नु प्रहरीको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

तनहुँको प्रहरी प्रमुखको रुपमा गत साता सरुवा भई आएका एसपी शाहीले सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कानुनले गर भनेको कुरा गर्ने र नगर भनेको काम नगर्ने प्रहरीको कतव्र्य रहेको बताए ।

आफु कसैको दवाव वा प्रभावमा परी काम नगर्ने भन्दै आफ्नो सरुवामा कुनै नेता वा पार्टीले जिम्मेबारी वा जस लिने खोज्छ भने त्यो उसको व्यक्तिगत कुरा भएको शाहीले बताए । प्रहरी संगठनमा सरुवा सामान्य प्रक्रिया भएको हुँदा संगठनले खटाएको ठाउँमा जानुलाई कुनै नेता वा अमुक दलले जस लिनु आवश्यक नभएको एसपी शाहीले बताए ।

तनहुँ जिल्लामा लागु औषधको बढ्दो प्रयोग भईरहेको हुँदा त्यसलाई नियन्त्रण गर्नु महत्वपुर्ण काम भएको एसपी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू