विजेता खेलाडीलाई चितवन जिल्ला खेलकुद विकास समितिद्वारा सम्मान

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
चितवन, १५ साउन ।
नेपाल सोतोकान कराते संघका खेलाडि र टिम प्रशिक्षक प्रदिप गुरुङलाई चितवन जिल्ला खेलकुद विकास समितिले आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । साउन ११ गते देखि १३ गतेसम्म कलकत्ताको नेता जी इन्डोर स्टुडियमा भएको आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता-२०२४ “इन्डियन च्यालेन्ज कप” मा सहभागी भई नेपाल फर्किएका खेलाडीहरु र टिम प्रशिक्षकलाई चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले सम्मान गरेका हुन् ।

साउन ११ गते देखि १३ गतेसम्म कलकत्ताको नेता जी इन्डोर स्टुडियमा भएको आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता-२०२४ “इन्डियन च्यालेन्ज कप” मा सिनिएर टिम कुमितेमा दिपेश राई, प्रदिप राई, हिमासु मगर, सुसान तमाङ्ग र मिलन नेपाली र एकल महिला कुमितेमा नम्रता वाइवाले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । त्यस्तै रिहाना गैरे, कविता सुनार र साम्रागी प्रधानले एकल महिला कुमितेमा द्वितीय स्थान हासिल गरेका थिए भने एड्रीस मिया, रिदम अमागाई, जस्मिना खड्‌का, र प्रदिप राईले एकल कुमितेमा तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
कार्यक्रममा  नेपाल सोतोकान कराँते संघ चितवनका अध्यक्ष शैलेस थापा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण