म्याग्देको सभाहल सन्चालन

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

म्याग्दे गाउँपालिकाले वडा नम्बर ३ बेल्टार स्थित ठुलो बगैंचामा निर्माण गरेको सुविधा सम्पन्न सभाहल सन्चालन गरेको छ । सोमबार दोश्रो पन्चवर्षिय आवधिक योजना तथा चालु आवको बजेट र कार्यक्रम सार्वजनिक कार्यक्रमको आयोजना गरि उक्त सभाहल सन्चालन गरिएको हो ।

ठुलो बगैंचामा रहेको सार्वजानिक जग्गामा सभाहल निर्माण गरिएको छ । सुर्य÷एमएनसी लोयल जेभी पोखराले भ्याट रकम बाहेक २ करोड ९८ लाख ७२ हजार ६७१ रुपैयाँमा उक्त सभाहल निर्माण सम्झौता गरेको थियो ।

२०७७ चैत २६ गते निर्माण सम्झौता भएको र निर्माण गरिसक्नु पर्ने अवधि २०८१ असार ३० गते भित्र सभाहल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

उक्त सभाहल निर्माणको लागि स्थानीय सरस्वती घिमिरेको परिवारले ८ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए । उक्त सभाहलमा करिब ७ सय जनाको क्षमता रहेको छ । जग्गादाताको परिवारलाई सोमबार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।

सो सभाहल उपयुक्त समयमा उद्घाटन गरिने अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त