म्याग्देको सभाहल सन्चालन

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

म्याग्दे गाउँपालिकाले वडा नम्बर ३ बेल्टार स्थित ठुलो बगैंचामा निर्माण गरेको सुविधा सम्पन्न सभाहल सन्चालन गरेको छ । सोमबार दोश्रो पन्चवर्षिय आवधिक योजना तथा चालु आवको बजेट र कार्यक्रम सार्वजनिक कार्यक्रमको आयोजना गरि उक्त सभाहल सन्चालन गरिएको हो ।

ठुलो बगैंचामा रहेको सार्वजानिक जग्गामा सभाहल निर्माण गरिएको छ । सुर्य÷एमएनसी लोयल जेभी पोखराले भ्याट रकम बाहेक २ करोड ९८ लाख ७२ हजार ६७१ रुपैयाँमा उक्त सभाहल निर्माण सम्झौता गरेको थियो ।

२०७७ चैत २६ गते निर्माण सम्झौता भएको र निर्माण गरिसक्नु पर्ने अवधि २०८१ असार ३० गते भित्र सभाहल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

उक्त सभाहल निर्माणको लागि स्थानीय सरस्वती घिमिरेको परिवारले ८ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए । उक्त सभाहलमा करिब ७ सय जनाको क्षमता रहेको छ । जग्गादाताको परिवारलाई सोमबार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।

सो सभाहल उपयुक्त समयमा उद्घाटन गरिने अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण