एमाले तनहुँले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

नेकपा एमाले तनहुँ जिल्ला कमिटिको आयोजनामा यही साउन १९, २० र २१ गते दमौलीमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

पार्टीको विचार, सिद्धान्त र पार्टीले अवलम्वन गरेको नीती तथा कार्यक्रमको बारेमा जिल्ला कमिटिका सदस्यहरु मार्फत तल्लो तहका कार्यकर्तासम्म पु¥याउने उद्देश्यले सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेलले जानकारी दिए ।

सो प्रशिक्षणमा नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभागका प्रमुख प्रदिप ज्ञवाली लगायतका नेताहरुले प्रशिक्षण दिनेछन् । उक्त कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला लेखा कमिटी, अनुशासन कमिटिका पदाधिकारी तथा सदस्यहरु एवं जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुको सहभागिता हुने जनाईएको छ ।

यसैगरि एमाले तनहुँले पार्टी र जनप्रतिनिधीको सम्बन्धको विचमा अन्तरक्रिया समेत गर्ने भएको छ । त्मक कार्यक्रम समेत गर्ने भएको छ । उक्त कार्यक्रम साउन २५ र २६ गते हुनेछ । सो कार्यक्रममा एमालेको तर्फबाट स्थानिय तहमा प्रतिनिधित्व गर्ने प्रमुख र उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण