एमसीसी अन्तर्गतको न्यु दमौली सबस्टेसनको ठेक्का लाग्यो

Devghat Online

शेयर गरौ

दमौली, साउन १६

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ । बुधबार आयोजित कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

एमसिसि परियोजना अन्तर्गतको नयाँ दमौली सबस्टेशनको ३८.८९ मिलियन डलरको सम्झौतामा हस्ताक्षर भएको हो । यो सँगै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने ३ वटै सबस्टेसनको निर्माण सम्झौता भएको हो ।

न्यू दमौली सबस्टेसनको क्षमता एक हजार मेगाभोल्ट एम्पिएर हुनेछ । निर्माण सकिएपछि न्यू दमौली देशकै ठूलो सबस्टेसन हुने एमसीए नेपालले जनाएको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहको लागि महत्वपूर्ण विन्दुको रुपमा काम गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले नेपालमा विद्युत् वितरण प्रणाली सुदृढ गर्न यी सबस्टेसनहरुले महत्वपूर्ण योगदान पु¥याउने बताए । साथै आयोजना समयमै सम्पन्न गर्नका लागि सरोकारवाला सबैलाई पहल गर्न समेत उनले आग्रह गरे ।

अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल बोर्डका अध्यक्ष रामप्रसाद घिमिरेले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन गर्न एमसीए–नेपालको निरन्तर प्रयासले राम्रो संकेत दिएको बताए । नेपालको बढ्दो ऊर्जा क्षेत्रका लागि तीनवटा सबस्टेसनहरू आवश्यक रहेको बताउँदै सचिव घिमिरेले नेपालको आर्थिक वृद्धिका लागि औद्योगिक र व्यावसायिक गतिविधिहरू बढाउन भरपर्दो ऊर्जा क्षेत्र सुनिश्चित गर्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा अमेरिकी राजदूत डिन.आर थम्प्सनले समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको हरेक घरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा दिन, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट साझा सफलताको कथाको महत्वपूर्ण अंग बन्ने क्रममा रहेको बताए ।

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा आएको एक वर्षमा तीनैवटै सबस्टेसन निर्माणसम्बन्धी सम्झौता हुनु कोसेढुंगा साबित भएको बताए ।

एमसीसी नेपाल कम्प्याक्टले तीनवटा सबस्टेसनसँगै विद्युत् प्रसारण आयोजनाअन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी गर्नेछ ।

एमसीए नेपालका अनुसार न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तदेशीय प्रसारणलाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको छ  । एमसीए–नेपालले यसको निर्माण सम्झौता आगामी अगस्टभित्र गर्ने लक्ष्य लिएको छ । बाँकी २९७ किमि प्रसारणलाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनः बोलपत्र आहृवान गर्ने तयारी भइरहेको एमसीए नेपालले जनाएको छ ।

चार सय केभी रातामाटे सबस्टेसनबाट विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ३२०० मेगावाट बिजुली प्रसारण गर्ने क्षमता हुनेछ । यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरणले नेपालमा औद्योगिक र व्यावसायिक गतिविधि बढाउन सकिनेछ ।

गत वैशाखमा एमसीए नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका लागि लिंकसन इन्डिया प्रालिसँग सम्झौता गरेको थियो । उक्त सबस्टेसनको निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने एमसीए–नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना