युवा अभियन्ता गफ्फारले सार्वजानिक स्थानमा खानेपानीको घैंटो राख्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

ब्यास–२ निवासी युवा अभियन्ता महम्मद गफ्फार (सुदिप)ले जिल्लाका विभिन्न सार्वजानिक स्थानमा खानेपानीको घैंटो राख्ने भएका छन् ।
सर्वसाधरण नागरिकको भिडभाड हुने विभिन्न सार्वजानिक स्थानमा नागरिकलाई चिसो पानी खुवाउन घैंटो राख्ने सुरु गरिएको गफ्फारले बताए । उक्त माटाको घैंटोमा हरेक दिन पिउने पानी राखिने उनले बताए ।

उक्त घैंटोमा महर्षी वेदव्यासको चित्र कोरिएको छ । आवुँखैरेनीका चित्रकार पवन नेपालीले घैंटोमा महर्षी व्यासको चित्र कोरेका हुन् । व्यास जन्मभुमि दमौलीको प्रचार प्रसारको उद्देश्य सहित सार्वजानिक स्थानमा राखिने घैंटोमा व्यासको चित्र कोरिएको गफ्फारले बताए ।

उनले आबुखैरेनी गाउपालिका बाट घैटो राख्ने अभियान सुरु गरेका छन् । आबुँखैरेनीको ऐना पहरामा खानेपानी सहितको उक्त घैंटो राखिने छ । ऐना पहरामा राखिने उक्त घैंटो सोमबार गफ्फारले आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई हस्तान्तरण गरेका छन् ।

तनहुँका विभिन्न सार्वजानिक ठाउँमा ५० वटा भन्दा धेरै घैटो राखिने गफ्फारले बताए । युवा अभियन्ता गफ्फार खोला नदीका फोहोर मैला संकलन र राष्ट्रिय परिचय पत्र बनाउने आउने बृद्धबृद्धालाई निशुल्क खान खुवाएर जिल्लाबासीमा चर्चामा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण