च्यवनधाममा सुरु भयो शिव महिमा धार्मिक महोत्सव

Devghat Online

शेयर गरौ

दुलेगौंडा, साउन २१

शुक्लागन्डकी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा सोमबारदेखी शिव महिमा बोलबम धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलल उद्घाटन गरे ।

महोत्सव उद्घाटन गर्दै मन्त्री पौडेलले मानसिक स्वास्थ्य सुधार गर्न धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तनहुँ जिल्ला भित्र रहेका स्वास्थ्य संस्थाहरुको सुधार तथा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गन्डकी प्रदेश सभाका सदस्य श्यामराजा महतले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट पनि आवश्यक रकम विनियोजन गर्न पहल गर्ने बताए । संविधान सभा सदस्य एवम् पूर्व मन्त्री आशा कोईरालाले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सम्पूर्ण जननिर्वाचित जनप्रतिनिधिहरु लागि पर्नुपर्ने बताईन् ।

बोलबम महिमा धार्मिक महोत्सवको मूल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठको सभापतित्वमका सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले स्वागत मन्तव्य राखेका थिए । च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत विकास एवम् प्रवद्धनका गर्नका लागि धार्मिक महोत्सवको आयोजना गरिएको हो ।

श्रावण २१ गतेदेखि २८ गतेसम्म हुने यस महोत्सवमा कथा वाचक पण्डित बालकृष्ण अर्यालले कथा वाचन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर