देवघाटको बोलवम मेलामा भक्तजन बढ्दै

Devghat Online

शेयर गरौ

देवघाट, साउन २१

देवघाटधाममा साउनको प्रत्येक सोमबार हुने बोलवम मेलामा भक्तजनको संख्या बढ्दै गएको छ । गएको २ वटा सोमबार उल्लेख्य भक्तजन नआएको देवघाटमा तेश्रो सोमबार भने उल्लेख्य मात्रामा भक्तजन आएका थिए ।

पहिलो सोमबार भन्दा दोश्रो सोमबार र दोश्रो भन्दा तेश्रो सोमबार भक्तजनको संख्या बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । गएको दुई साता बाढी, पहिरो र अविरल बर्षाको कारण धेरै भक्तजन नआएकोमा तेश्रो सोमबार उल्लेख्य मात्रामा भक्तजन आएको कार्यकारी निर्देशक बरालले बताए ।

तेश्रो सोमबार करिब ३५ हजारको संख्यामा भक्तजन देवघाट आएको बरालले बताए । यो संख्या अन्तिम सोमबार अझ धेरै बढ्ने बरालले अनुमान गरे । अन्तिम सोमबार ५० हजार भक्तजन आउने अनुमान बरालको छ ।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए ।

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । बोलवमको मेला देवघाटको धार्मिक पर्यटन प्रबद्र्धनकोलागि निकै महत्वपुर्ण मानिन्छ । मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

भक्तजनको सुरक्षाको लागि नदि किनारमा बिजुली बत्तिको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको छ भने मेलामा आउने भक्तजनको सुरक्षाकोलागि साउन महिना भर इलाका प्रहरी कार्यालय देवघाट मार्फत सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त