बोलवम मेलामा आएका भक्तजनलाई तेश्रो साता पनि देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

Devghat Online

शेयर गरौ

देवघाट, साउन २१

देवघाटधाममा साउन महिनाको प्रत्येक सोमबार हुने बोलवम मेलामा सहभागी हुन तथा वेणी संगममा स्नान गर्न आएका भक्तजनलाई तेश्रो सोमबार पनि देवघाटधाम जेसीजले निशुल्क पानी तथा मही वितरण गरेको छ ।

देवघाटधाम जेसीजको संयोजन तथा चितवन र नवलपुरका छिमेकी जेसीज शाखाहरूको संयुक्त आयोजनामा भक्तजनहरुकोलागि निशुल्क पानी तथा मही वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले बताए ।

उक्त कार्यक्रममा महिलाहरुद्वारा सन्चालित देवघाट स्थित चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट उत्पादित मही साउनको तेश्रो सोमबार करिब ७ हजार भक्तजनलाई निशुल्क रूपमा वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

उक्त कार्यक्रम गलेश्वर आश्रम स्थित सिद्धेश्वर महादेवको मन्दिर परिसरमा भएको थियो । देवघाटधाममा साउन महिनाको हरेक सोमबार बोलवम मेला लाग्ने हुँदा उक्त मेला अवधिभर देवघाटधाम जेसीजले निशुल्क पानी र मही वितरण गर्ने अध्यक्ष मल्लले बताए ।

सो कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष जेसी राजेन्द्र भट्टराई, गैंडाकोट जेसीजका अध्यक्ष राजेश पौडेल, बिसहजार जेसीजका अध्यक्ष लक्ष्मण अधिकारी, नारायणगढ लेडी जेसीजकी अध्यक्ष हिमा श्रेष्ठ, नेपाल जेसीज वर्ष २०२२ का महासचिव कृष्ण सापकोटा, देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष विकास सापकोटा तथा देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्ल, महासचिव प्रशन्न ढकाल लगायत बोर्ड पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

देवघाटधाम जेसीजले अव साउनको अन्तिम सोमबार पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना