आबुँखैरेनीमा भएको दुई वटा छुट्टाछुट्टै दुर्घटनामा १ को मृत्यु, १५ घाइते

Devghat Online

शेयर गरौ

दमौली, भदौ २६

आबुँखैरेनी गाउँपालिकामा बुधबार भएको छुट्टाछुट्टै दुर्घटना एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । आबुँखैरेनी गाउँपालिका वडा नम्बर २ नारीघाट स्थित पृथ्वीराजमार्ग सडक खण्डमा काठमाण्डौबाट लमजुङ तर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालक जिल्ला आबुँखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट बस्ने बर्ष अन्दाजी २८ को अस्विन सुनारको उपचारको क्रममा आबुखैरेनी अस्पताल तनहुँमा मृत्यु भएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि बुधबार नै आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ स्थित आँबुखैरेनी वडा नम्बर ३ र २ जोड्ने खहरे खोलापुल स्थित पृथ्बी राजमार्ग सडक खण्डमा मुग्लिङबाट दमौली आउदै गरेको ग १ ख ९४०२ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित बसमा सवार १५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुले बस चालक व्यास–१ बस्ने बर्ष ३९ को केशव अजिङगर, भानु नपा–२ बस्ने वर्ष ६८ को यदु बहादुर कुँवर, बन्दीपुर गापा–१ बस्ने वर्ष ७७ की श्रीमाया आले, बन्दीपुर गापा–१ बस्ने वर्ष ५६ की सुकमाया थापा, भानु नपा–३ बस्ने वर्ष २८ को अजित थापा, व्यास नपा–१२ बस्ने वर्ष २४ की कल्पना नेपाली, गोरखा पालुङटार नपा–८ का वर्ष ६५ को मनराज परियार रहेका छन् ।

त्यसैगरि भानु नपा–१ बस्ने बर्ष ४७ को मान बहादुर गन्धर्व, घिरिङ गापा–५ बस्ने वर्ष ३० की बसन्ती थापा, घिरिङ गापा–५ बस्ने बर्ष ९ की स्वता थापा, गोरखा जिल्ला गोरखा नपा–१४ बस्ने वर्ष ६४ की माया थापा, गोरखा पालुङटार नपा–५ बस्ने बर्ष ६८ की जौमाया कुमाल, पालुङ्टार नपा–८ बस्ने बर्ष २४ को सुबास नेपाली, गोरखा पालुङ्टार नपा–८ बस्ने बर्ष ३१ को सुमन खाती र गोरखा पालुङ्टार नपा–८ वर्ष ३८ को मिलन खाती रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सुचना अधिकारी दिपक कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता