देवघाट, भदौ ३१
देवघाट गाउँपालिका–३ मा रहेको छिपछिपे स्वास्थ्य चौकी कार्यम्पादनको आधारमा तनहुँ जिल्ला स्वास्थ्य संस्थाहरु मध्ये प्रथम हुन सफल भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले तय गरेको विभिन्न मापदण्डमा आधारित भई स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका ८५ वटा स्वास्थ्य चौकीहरुको गत आर्थिक वर्षमा सम्पन्न कामहरुको गरेको मुल्यांकनमा छिपछिपे स्वास्थ्य चौकी प्रथम हुन सफल भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।



विभिन्न निर्धारित मापदण्डमा आधारित भई स्वास्थ्य कार्यालय तनहुँले कार्यलय प्रमुख शंकरवावु अधिकारीको संयोजकत्वमा ४ सदस्यिय मुल्यांकन समिति गठन गरेको थियो । सोही समितले गरेको मुल्यांकनमा ९२.२ अंक प्राप्त गरि छपिछिपे स्वास्थ्य चौकी प्रथम, खैरेनीटार स्वास्थ्य चौकी शुक्लागन्डकी नपा–४ द्वित्तिय र काहुँशिवपुर स्वास्थ्य चौकी ऋषिङ गाउँपालिका–२ तृतिय भएका छन् ।
प्रथम, द्वित्तिय र तृतिय हुन सफल स्वास्थ्य चौकीका प्रमुखलाई सोमबार दमौलीमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।