तनहुँ जिल्लाका स्वास्थ्य संस्था मध्ये देवघाटको छिपछिपे स्वास्थ्य चौकी प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ३१

देवघाट गाउँपालिका–३ मा रहेको छिपछिपे स्वास्थ्य चौकी कार्यम्पादनको आधारमा तनहुँ जिल्ला स्वास्थ्य संस्थाहरु मध्ये प्रथम हुन सफल भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले तय गरेको विभिन्न मापदण्डमा आधारित भई स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका ८५ वटा स्वास्थ्य चौकीहरुको गत आर्थिक वर्षमा सम्पन्न कामहरुको गरेको मुल्यांकनमा छिपछिपे स्वास्थ्य चौकी प्रथम हुन सफल भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न निर्धारित मापदण्डमा आधारित भई स्वास्थ्य कार्यालय तनहुँले कार्यलय प्रमुख शंकरवावु अधिकारीको संयोजकत्वमा ४ सदस्यिय मुल्यांकन समिति गठन गरेको थियो । सोही समितले गरेको मुल्यांकनमा ९२.२ अंक प्राप्त गरि छपिछिपे स्वास्थ्य चौकी प्रथम, खैरेनीटार स्वास्थ्य चौकी शुक्लागन्डकी नपा–४ द्वित्तिय र काहुँशिवपुर स्वास्थ्य चौकी ऋषिङ गाउँपालिका–२ तृतिय भएका छन् ।

प्रथम, द्वित्तिय र तृतिय हुन सफल स्वास्थ्य चौकीका प्रमुखलाई सोमबार दमौलीमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।