संघीय सरकारका मन्त्रीहरुसमक्ष देवघाटका एमाले नेताहरुद्वारा देवघाटका विभिन्न विकासका योजनाहरुमा बजेट माग

Devghat Online

शेयर गरौ

पुल, सडक, खानेपानी जग्गाधनी पुर्जा र बाँदर आतंक नियन्त्रणको माग

देवघाट, असोज १

नेकपा एमाले देबघाट गाउँपालिकाका नेताहरुले देबघाटको समग्र बिकास र समस्याहरु समाधान गर्न र देवघाटका विभिन्न विकास योजनाहरुमा बजेट बिनियोजन गर्न संघीय सरकारका मन्त्रीहरु समक्ष माग गरेका छन् ।

एमाले देवघाट गाउँ कमिटिको नेतृत्वमा काठमाडौं गएका एमाले नेताहरुले देवघाटका विभिन्न महत्वपुर्ण योजनाहरुमा बजेट बिनियोजन गर्न माग गरेका थिए । एमाले नेताहरुले भौतिलक पुर्वाधार मन्त्री देवेन्द्र दाहाल समक्ष मुग्लिन–गाईघाट–दासढुङ्गा–देबघाट हुँदै गैंडाकोट जोड्ने बैकल्पिक राजमार्ग निर्माणका लागि डिपिआर तयार गरि दासढुङ्गाबाट काम प्रारम्भ गरि गाईघाट हुँदै मुग्लिन तर्फ काम अगाडी बढाउन माग गरेका छन् ।

यसैगरि गाईघाटमा पक्की पुल, छिपछिपे जोड्ने साराङघाटमा पक्की पुल, भुबनटारबाट चितवनको भतेरी जाने झोलुङ्गे पुल तथा देबघाटको मुख्य प्रवेशद्वार रहेको झोलुङ्गे पुल रहेको स्थान नजिकै हलुका सबारी चल्ने बेलीब्रिज निर्माण गर्न र गाइघाट–सिन्च्याङ्ग जाने सडकलाई स्तरोन्नती गर्न मन्त्री दाहाल समक्ष माग गरेका थिए । उक्त मागमा मन्त्री दाहाल सकारात्मक रहनुभएको नेकपा एमालेका जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपानेले जानकारी दिए ।

यस्तै खानेपानी मन्त्री प्रदिप यादवसँग देवघाटका नेताहरुले देवघाटको खानेपानी समस्या समाधान गर्न माग गरेका छन् । कोटा बर्साखोला खानेपानी योजना सम्पन्न गर्न बजेट उपलब्ध गराउन उनीहरुले माग गरेका छन् । त्यस्तै देबघाट–५ मा रहेको तिन वटा खानेपानी योजनाहरु क्वादी खोला, बगन्दी खोला र सत्र किलोको खानेपानी योजनालाई एकीकृत आयोजना बनाई सफा र शुद्ध खानेपानी वितरणको प्रबन्ध गर्न पनि खानेपानी मन्त्री प्रदिप यादवसँग माग गरिएको न्यौपानेले बताए । यसैगरि साविक देबघाट–४ का उपभोक्ताले वर्षायाममा धमिलोपानी पिउनु परेको हुँदा उक्त पानीलाई फिल्टरको माध्यमबाट शुद्ध बनाउने प्रविधि उपलब्ध गराउन पनि माग गरिएको छ । त्यसैगरि वडा नम्बर १ र ५ को क्षेत्रमा लिफ्ट सिचाइ गरेर सुख्खा जग्गामा सिचाई सुविधा उपलब्ध गराउन पनि माग गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सन्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने समक्ष एमाले नेताहरुले देवघाटका सबै भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन, देवघाटधाम क्षेत्रम भएको बाँदर आतंक नियन्त्रणको पहल गर्न तथा देवघाट सार्बजनिक पुस्तकालय निर्माणको लागि आवश्यक बजेट उपलब्ध गारउन पनि माग गरेका थिए । एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहाकार किरण पौडेललाई भेट गरि सबै मन्त्रालयमा बुझाईएका माग हरु हस्तान्तरण गरि प्रधानमन्त्री समक्ष बुझाएका छन् ।

उक्त भेटमा एमाले जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपाने र कमला देवकोटा, निवर्तमान जिल्ला कमिटि सदस्य शिवराज पौडेल, गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, गाउँ कमिटिका सचिव शान श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष मणी गुरुङ, समाजसेवी कुलचन्द्र न्यौपाने लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका