देवघाटमा बेरोजगार व्यक्तिको सुचि सार्वजानिक

Devghat Online

शेयर गरौ

देवघाट, असोज १

देवघाट गाउँपालिकाले गाउँपालिका भित्रका बेरोजगार व्यक्तिहरुको सुचि सार्वजानिक गरेको छ । रोजगारीको हक सम्बन्धी ऐन २०७५, रोजगारीको हक सम्बन्धी नियमावली २०७५ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा बेरोजगार व्यक्तिको रुपमा सूचिकृत भई न्यूनतम रोजगारीको कार्यक्रममा संलग्न हुन २०८० साल फाल्गुन महिनामा वडा कार्यालय र रोजगार सेवा केन्द्र मार्फत आवेदन दिएका बेरोजगार व्यक्तिहरुको विवरण गाउँपालिकाले सार्वजानिक गरेको हो ।

बेरोजगार व्यक्तिहरुको विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ठ भई बेरोजगार सूची निर्धारण तथा प्राथमिकीकरण मार्गदर्शन, २०७६ अनुसार स्वतः प्राथमिकताक्रम निर्धारण हुने व्यवस्था अनुरुप ५०३ जनाको सूची प्रकाशन गरिएको गाउँपालिकाका रोजगार संयोजक कर्णबहादुर गुरुङले बताए । ति मध्ये १६७ जना महिला रहेका छन् ।

देवघाटले चालु आर्थिक वर्षमा सामुदायिक पूर्वाधार निर्माण तथा मर्मत योजना र कार्यस्थलमा आधारित सीप विकास तालिममा प्राथमिकताक्रमको सूचीमा रहेका उक्त लाभग्राहीहरुलाई क्रमश खटाईने रोजगार संयोजक गुरुङले बताए ।

उनले गाउँपालिकाले सार्वजानिक गरेको उक्त सूची सम्बन्धी कुनै गुनासो भएमा सूची प्रकाशन भएको मितिले एक हप्ता भित्र सम्बन्धित वडा कार्यालयमा निवदन दर्ता गर्न तथा रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न पनि सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी