देवघाट, असोज २
राष्ट्रिय शिक्षा दिवस–२०८१ तनहुँका सबै स्थानीय तहमा विभिन्न कार्यक्रम गरि मनाइयो । यस वर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालिगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइयो ।
शिक्षा दिवसको कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको महत्वको बारेमा मन्तव्य राखेका थिए । उक्त अवसरमा दिर्घ सेवा गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो । सबै स्थानीय तहले आफ्नो पालिका भित्रका दिर्घ सेवा गर्ने शिक्षकहरुलाई सम्मान गरेका थिए ।
उक्त अवसरमा शैक्षिक सत्र २०८० मा राष्ट्रिय परिक्षा बोर्ड र माध्यमिक तहको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षक र विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८० को परिक्षामा गुरुकुल तर्फ नेपाल प्रथम हुन सफल भएकोमा गुरुकुलका प्राधानाध्यापक डा.स्वामी विमलानन्द सरस्वती र नेपाल प्रथम हुन सफल श्रीधर पाण्डेयलाई गाउँपालिकाले सम्मान गरेको थियो ।
यसैगरि माध्यमिक तहको परिक्षामा देवघाट गाउँपालिका भरि सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने कालिका मावि देवघाटका छात्र अर्जुन रेग्मीलाई सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय परिक्षा बोर्ड र माध्यमिक तहको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने अन्य विषय शिक्षक र विद्यार्थीहरुलाई पनि देवघाटमा सम्मान गरिएको थियो ।