देवघाटमा बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन

Devghat Online

शेयर गरौ

देवघाट, असोज २

बाँदरको आतंक बढ्दै जान थालेपछि देवघाट गाउँपालिकाले बाँदर व्यवस्थापन गर्न बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको छ । मंगलबारको गाउँ कार्यपालिकाको बैठकले वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको अध्यक्षतामा ९ सदस्यिय बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको हो ।

देवघाट गाउँपालिका वडा नम्बर ५ बासी जनताहरु बाँदरद्वारा पीडित भएको भन्ने गुनासो सहितको निबेदन गाउँपालिकामा आउन थालेपछि कार्यपालिकाको बैठकले उक्त समिति गठन गरेको हो । समितिलाई बाँदरको व्यवस्थापनको लागि तत्कालिन तथा दिर्घकालिन सझुावहरु सहितको प्रतिबेदन ३० दिन भित्र पेश गर्ने जिम्मेबारी तोकिएको छ ।

वडा अध्यक्ष कुँवरको संयोजकत्वमा गठित उक्त समितिका सदस्यहरुमा सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट, देवघाट क्षेत्र विकास समितिका सदस्य दिनानाथ न्यौपाने, हरिहर आश्रम, महेश सन्यास आश्रम र गलेश्वर आश्रमका प्रतिनिधि, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख र मुकुन्देश्वरी टोल विकास संस्थाका प्रतिनिधि रहेका छन् ।

उक्त समितिको सदस्य सचिवमा देवघाट गाउँपालिका पशु सेवा शाखाका प्रमुख रहेको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले जनाएका छन् । उक्त समितिले आवश्यकता अनुसार विभिन्न सरोकारवाला र विषय विज्ञहरुलाई आमन्त्रण गर्न सक्ने जिम्मेबारी दिईएको छ ।

देवघाटमा केही महिना यता बाँदरको टोकाईबाट दैनिक रुपमा सर्वसाधरण घाइते हुन थालेका छन् । बाँदर आतंकलाई सममयै नियन्त्रण गर्न नसक्ने हो भने र देवघाटधाम क्षेत्रका बाँदरको व्यवस्थापन गर्न नसक्ने हो भने बाँदरकै कारण देवघाटको धार्मिक पर्यटनमा ठुलो असर पर्ने सर्वसाधरणको चिन्ता र गुनासो पछि गाउँपालिकाले बाँदर व्यवस्थापनको लागि समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका