देवघाट बुद्धिजिवि परिषदको भेला सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज ७

देवघाट वुद्धिजीवी परिषदको भेला सोमबार देवघाटमा सम्पन्न भएको छ । देवघाट बुद्धिजिवि परिषदका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा सदस्य बुद्धि बाहादुर पाण्डे, वडा सदस्य कमला गुरुङ, देवघाट वुद्धिजिवी परिषदका उपाध्यक्ष शिवराज पौडेल, सचिव सुर्य बहादुर राना, कोषाध्यक्ष भगवान मल्ल, सदस्य जयकृष्ण सुवेदी, शिवदत्त ढकाल, चन्द्र प्रकाश दवाडी, सोमनाथ ढकाल, नेपाल रेडक्रस सोसाईटी देवघाटका सभापती गोविन्द प्रसाद न्यौपाने, हरिहर आश्रमका अर्जुन पाण्डे, दिव्यदेव पौडेल, राजेन्द्र बोकटी, देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, वडा नम्बर ५ का वडा सदस्य कमला गुरुङ, नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव सान श्रेष्ठ, नेकपा माओवादीका किरण सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा यस अघिको कार्य समितिका केही सदस्यहरु फेरबदल समेत गरिएको छ भने केही नयाँ सदस्यहरु थप गरिएको छ । थप हुने सदस्यहरुमा सोमनाथ ढकाल, बलबहादुर थापा क्षेत्री, निश्मा थापा, किरण सुवेदी रहेका छन् ।

बुद्धिजिवि परिषदले देवघाटमा रहेका विकृती विसङ्गतीमा आवाज उठाउदै देवघाटलाई सुन्दर बनाउन पहल गर्ने डा.श्रेष्ठले बताए । अब गाउँपालिकाका ५ वटै वडामा गएर बुद्धिजिवि परिषदले काम गर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले