देवघाटमा बाँदर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, असोज ७

बाँदर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार देवघाट गाउँपालिकामा सम्पन्न भएको छ । देवघाट गाउँपालिकाद्वारा गठित बाँदर व्यवस्थापन तथा अध्ययन समितिको आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले देवघाटमा बाँदरको समस्या जटिल बन्दै गएको हुँदा समयमै बाँदर व्यवस्थापन गर्न नसक्ने हो भविष्यमा ठुलो समस्या सिर्जना हुने र देवघाटको धार्मिक पर्यटनमा नै असर पर्ने बताएका थिए ।

उक्त कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाद्वारा गठित बाँदर व्यवस्थापन एवं अध्ययन समितिका संयोजक पुर्णबहादुर कुँवरले अहिले बाँदर व्यवस्थापन सम्बन्धि राय सुझावकोलागि प्रराम्भिक छलफल आयोजना गरिएको हुँदा भविष्यमा बृहत छलफल कार्यक्रम गरि सबैको राय सुझाव लिइने बताए ।

उनले बाँदरको समस्या देवघाटको मुख्य समस्या बन्दै गएको भन्दै गाउँपालिकाले तोकेको समयमा बाँदर व्यवस्थापन सम्बन्धि प्रतिबेदन पेश गर्ने बताए । बाँदरको समस्या चुनावमा राजनीतिक दलहरुको एजेण्डा समेत बन्ने तर पछि कार्यान्वयन नहुने कुँवरले बताए ।

निवर्तनमा वडा अध्यक्ष यालबहादुर गुरुङले बाँदरको समस्या समाधान गर्न धेरै छलफल गरिनु आवश्यक रहेको बताए । स्थानीय सरकारले एउटा नीति बनाउनु आवश्यक रहेको भन्दै उनले यसकोलागि बाग्मती र गन्डकी प्रदेश सरकारसँग समन्वय गरिनुपर्ने बताए । बाँदरको समस्याको बारेमा देवघाट क्षेत्र विकास समितिले अझ बढि जिम्मेबारी लिनुपर्ने उनको भनाई थियो । देवघाटको धार्मिक क्षेत्रहरु देवघाट क्षेत्र विकासको जिम्मेबारीमा रहेको हुँदा बाँदर नियन्त्रणको लागि पनि क्षेत्र विकासले पहल गर्नुपर्ने गुरुङको भनाई छ ।

देवघाट सव डिभिजन वन कार्यालयका प्रमुख कृष्णप्रसाद भट्टले राष्ट्रिय बन्यजन्तु संरक्षण ऐनले बाँदरलाई पनि संरिक्षत जनावरको सुचीमा राखेको भन्दै उक्त ऐन अनुसार संरक्षित बन्यजन्तुको बासस्थानलाई क्षती पु¥याउनु नहुने बताए । बन्यजन्तुको संरक्षण र व्यवस्थापन सम्बन्धमा स्थानीय र प्रदेश सरकारलाई कुनै पनि अधिकार नरहेको भन्दै भट्टले बन्यजन्तु सम्बन्धि सबै विषय संघीय कानुन अनुसार चल्नुपर्ने बताए ।

बाँदर व्यवस्थापन गर्ने सम्बन्धि कार्यक्रम संघीय कानुनलाई प्रभाव पार्ने गरि गर्न नपाईने भन्दै उनले हामीले गर्ने हरेक निर्णय संघीय कानुन अनुसार हुनुपर्ने बताए । बाँदर व्यवस्थापनको लागि बन्ध्याकरण गर्ने प्रमुख विकल्प रहेको उनको भनाई छ । ‘बाँदर पार्कको पनि विकल्प छ तर पार्कमा बाँदरलाई पार्कमा सिमित गर्न सकिँदैन’ भट्टले भने ‘बाँदरको लागि कम्तीमा पनि ६ किलोमिटर क्षेत्रफलको पार्क बनाउनुपर्छ त्यसैले पार्क बनाउनु व्यवहारिक हुँदैन ।’

उक्त कार्यक्रममा महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेल, समाजसेवी रामनाथ मिश्र लगायतले बाँदर व्यवस्थापन सम्बन्धी विभिन्न विकल्पमा छलफल गरिनुपर्ने बताए ।

देवघाटमा बाँदरको आतंक बढ्दै जान थालेपछि देवघाट गाउँपालिकाले बाँदर व्यवस्थापन गर्न बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको थियो । वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको अध्यक्षतामा गठित उक्त समितिमा सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट, देवघाट क्षेत्र विकास समितिका सदस्य दिनानाथ न्यौपाने, हरिहर आश्रम, महेश सन्यास आश्रम र गलेश्वर आश्रमका प्रतिनिधि, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख र मुकुन्देश्वरी टोल विकास संस्थाका प्रतिनिधि रहेका छन् भने उक्त समितिको सदस्य सचिवमा देवघाट गाउँपालिका पशु सेवा शाखाका प्रमुख रहेका छन् ।

देवघाट गाउँपालिका वडा नम्बर ५ बासी जनताहरु बाँदरद्वारा पीडित भएको भन्ने गुनासो सहितको निबेदन गाउँपालिकामा आउन थालेपछि कार्यपालिकाको बैठकले उक्त समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उक्त समितिलाई बाँदरको व्यवस्थापनको लागि तत्कालिन तथा दिर्घकालिन सझुावहरु सहितको प्रतिबेदन ३० दिन भित्र पेश गर्ने जिम्मेबारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म