सभापती लामिछानेलाई षड्यन्त्रपुर्वक फसाउन खोजिएको भन्दै रास्वपा आँबुखैरेनीको विरोध प्रर्दशन

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट, असोज ७

पार्टीका सभापती रवि लामिछानेलाई सरकारले षड्यन्त्र पुर्वक फसाउन खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीले सोमबार शान्तिपूर्ण विरोध प्रर्दशन आयोजना गरेको छ ।

केहीदिन यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बिरुद्ध सुनियोजित र षड्यन्त्रपुर्ण रुपमा सत्ताले फसाउने नियत र षड्यन्त्रकारी पक्राउ पुर्जीको जारी गरेको भन्दै त्यसको विरोधमा आँबुखैरेनी चोकमा प्ले कार्ड बोकेर सडक अबोरध नगरी रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।


राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव अनिल श्रेष्ठले सत्तारुढ पार्टीका आफ्नै सांसदहरु सहकारी प्रकरणमा मुछिने डरले जनताको ध्यान रबितिर मोडेको आरोप लगाए । उनले पार्टी उदाएको मात्र २ वर्ष मात्र भयो पार्टीले जनताको मन जितेको कारण पुराना दल मिली रास्वपालाई कसरी हुन्छ सक्ने उपाए खोजिरहेको तर त्यो चाहाना पुरा हुन नदिने बताए । श्रेष्ठले देशको अराजकता अव सहेर बस्न नसक्ने र आवश्यकता अनुसार जस्तोसुकै आन्दोलन गर्न तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले