बन्दिपुरको बागथलमा पशु स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज ९

बन्दिपुरमा निशुल्क पशु स्वास्थ्य शिविर हुने भएको छ । बन्दिपुर गाउँपालिका पुशपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा यही असोज ११ गते शुक्रबार वडा नम्बर ६ को बागथलमा पशु स्वास्थ्य शिविर हुने भएको हो ।

बन्दिपुर गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार उक्त शिविर आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए ।

उक्त शिविरमा पशु स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरिनेछ । जसमा विरामी पशुपन्छीहरुको स्वास्थ्य परिक्षण तथा उपचार, पशुको गर्भ परिक्षण, बोका तथा बहरको बन्ध्याकरण, पशु बस्तुको गोवर परिक्षण, पशुपन्छीजन्य औषधी वितरण, घरपालुवा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप कार्यक्रम, पशुपन्छी पालन व्यवस्था सम्बन्धि परामर्श र बार्षिक कार्यक्रमबारे जानकारी दिइनेछ ।

उक्त शिविरमा आफ्ना घरपालुवा पशुपन्छीहरुलाई ल्याई निशुल्क सेवा उपभोग गर्न बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले विशेषगरि वडा नम्बर ६ बासीहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा