पत्रकार महासंघको विवाद समाधान गर्ने जिम्मा पुर्व अध्यक्षहरुलाई

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज ९

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थितिबारे सिर्जित विवाद समाधान गर्ने जिम्मा सात जना पुर्व अध्यक्षहरुलाई दिईएको छ । महासंघको कार्यवहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा बुधबार भएको उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले पुर्व अध्यक्ष डा.सुरेश आचार्यको संयोजकत्वमा विवाद समाधान समिति गठन गरिएको हो ।

समितिमा पुर्वअध्यक्षहरु तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्य रहेका छन् । उनीहरुलाई सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्ने जिम्मेवारी दिईएको छ ।

२०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषणा गरिएका तीनवटा निर्वाचन तोकिएको मितिमा हुन नसकेको अवस्थामा महासंघका अध्यक्ष विपुल पोखे्रलले २०८१ भदौ २४ गते पदबाट राजीनामा दिएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि २०८१ असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरिएको थियो । उक्त दिन पनि निर्वाचन हुन नसक्ने भएपछि कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका थिए ।

म्हासंघको मतदाता नामावली सम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र पनि बुझाएका थिए । यसै सन्दर्भमा असोज ९ गते बुधबार केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको महासंघका महासचिव रोशन पुरीले जनाएका छन् ।

उक्त परामर्श पछि कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले जिल्ला÷प्रदेश अध्यक्षहरूको सल्लाह÷सुझाव परामर्शलाई समेत दृष्टिगत गरी नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार यही असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले