बन्दीपुर केबलकार सञ्चालनमा

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज १२

मर्मत सम्भारपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सुचारु भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गतेदेखि बन्द गरिएकोमा १६ दिनपछि सुचारु गरिएको हो ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडद्वारा प्रवद्र्धन गरिएको बन्दीपुर केबलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारलाई जोड दिएको र बिहीबार सुचारु भइसकेको केबलकारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मर्मत सम्भारका लागि १६ दिन बन्द गरिएको थियो ।

बन्दीपुर गाउँपालिका वडा नम्बर ४ को डुम्रे बजार नजिकै केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दूरी ७ मिनेटमा पार गरी बन्दीपुर बजार पुग्न सकिन्छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जेठ ३१ गतेबाट व्यावसायिक रूपमा बन्दीपुर केबलकार सुचारु गरेको थियो । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले केबलकार सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु