चाडपर्व लक्षित बजार अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, असोज १५

तनहुँका विभिन्न स्थानमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । मंगलबार खाद्य डिभिजन कार्यालय, घरेलु कार्यालय, होटल संघ लगायतका संघ संस्थाको सहकार्यमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको हो ।

उक्त क्रममा तनहुँको राजमार्ग छेउछाउका होटल रेष्टुरेन्टमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थ र प्रतिबन्धित पेय पदार्थहरु टोलीको रोहवरमा तत्काल नष्ट गर्न लगाइएको थियो ।

अनुगमनको क्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई टोलीले विभिन्न विषयमा सचेत समेत गराएको थियो । विशेषगरि ग्राहकले देख्नेगरि मूल्यसूची अनिवार्य राख्न, सरसफाई र स्वच्छतालाई पहिलो प्राथमिकता दिन, सफा तथा स्वच्छ पानी पिउन तथा होटल सन्चालकलाई उपभोक्ता तथा ग्राहकसँग मीठो बोल्न, राम्रो व्यवहार गर्नुहुन तथा उहाँहरुको गुनासोलाई समाधान गर्ने प्रयास गर्न अनुगमन टोलीले अनुरोध गरेको थियो ।

यसैगरि पानीजस्तो संवेदनशील पदार्थ तथा अन्य चिप्स लेज कुर्कुरे बिस्कुट जस्ता खाद्य तथा पेय पदार्थमा लगायतमा यो त्यो भनेर एमआरपी भन्दा बढी मूल्य नलिन, आफूले कुन अवस्थाको खाना ग्राहकलाई दिएको हो, प्रष्ट पारेर मात्र सेवा दिन, पापड, सलाद जस्ता कुरालाई फुराएर नदिन तथा ग्राहकको गुनासो आउने काम गर्न पनि अनुगमन टोलीले अनुरोध गरेको थियो । व्यवसायीले कानुन विपरीत काम भएको प्रमाणित भए हदै सम्मको कारवाही गरिने पनि उक्त अवसरमा सचेत गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय