देवघाटमा क्याम्पस स्थापना सम्भाव्यता अध्ययन समितिद्वारा राजनीतिक दलहरुसँग छलफल

Devghat Online

शेयर गरौ

देवघाट, असोज १५

देवघाटमा स्नातक तहको क्याम्पस स्थापनाकोलागि गठन गरिएको सम्भाव्यता अध्ययन समितिले मंगलबार देवघाटमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरुसँग छलफल गरेको छ ।

सम्भाव्यता अध्ययन समितिका अध्यक्ष एवं कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिहरुले देवघाटमा क्याम्पस स्थापनाको अति नै आवश्यकता भएको हुँदा आफुहरुले उक्त अभियानमा साथ र सहयोग गर्ने बताएका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापती तिलबहादुर थापा, नेकपा एमालेका निवर्तमान गाउँ कमिटि अध्यक्ष एवं जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्रका गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक गोविन्द न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला  सदस्य दिवाकर मिश्र लगायतले क्याम्पस सन्चालनकोलागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त छलफलले क्याम्पस स्थापना सम्भाव्यता अध्ययन समितिमा नेकपा एमालेका जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपाने र नेपाली काँग्रेस वडा नम्बर ५ का सभापती सोमनाथ ढकाललाई सदस्य थप गर्ने निर्णय समेत गरेको संयोजक डा.श्रेष्ठले बताए ।

सम्भाव्यता समितीले हालसम्म गरेको अध्ययनपछि देवघाटमा स्नातक क्याम्पस अति नै आवश्यकता भएको महशुस भएपछि राजनीतिक दलका प्रमुखहरुसँग बैठक गरिएको संयोजक श्रेष्ठले बताए ।

क्याम्पस सन्चालनकोलागि आवश्यक पर्ने रकमको लागि देवघाटका सामुदायिक वनहरु, संघ सस्थाहरु र चन्दादाताहरुलाई भेला राखी बृहत् छलफल गरिने संयोजक श्रेष्ठले बताए । अव देवघाटमा क्याम्पस स्थापनाको समय नजिकै आईसकेको भन्दै संयोजक श्रेष्ठले बिकासका हरेक काममा पार्टीलाई आफ्नो ठाउँमा सबै मिलेर विना पुर्वाग्रह काम गर्ने हो भने सकारात्मक परिणाम निस्कने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म