देवघाटमा भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको विरुद्ध युवाहरु संगठित

Devghat Online

शेयर गरौ

देवघाट, असोज १६

देवघाट गाउँपालिकामा विभिन्न क्षेत्रमा हुने बिकृती, अनियमितता, भ्रष्टाचार तथा ढिलासुस्तीको विरुद्ध युवाहरु संगठित हुने भएका छन् । स्थानीय सरकार, राजनीतिक दल, सहकारी, विभिन्न व्यवसाय, सामुदायीक वन लगायतका क्षेत्रमा हुने भ्रष्टाचार, अनियमितता तथा बिकृतीको विरुद्ध युवाहरुले संगठित आवाज उठाउने भएका छन् ।

त्यसकोलागि संयन्त्र निर्माणको लागि आगामी असोज १९ गते देवघाटमा युवाहरुको बृहत भेला आयोजना गरिएको छ । मंगलबार भएको युवाहरुको प्रराम्भिक भेलाले असोज १९ गते वडा नम्बर ५ को सिटि हलमा बृहत युवा भेलाको आयोजना गर्ने निर्णय गरिएको भेलाको संयोजन गर्ने मध्येका शान श्रेष्ठले बताए । उक्त भेलामा २५० भन्दा बढि युवाहरुको सहभागिता रहने श्रेष्ठले बताए ।

उक्त प्राराम्भिक भेलाले नेपाली काँग्रेसका अर्जुन अधिकारी, नेकपा एमालेका शान श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका बलबहादुर क्षेत्री र नेकपा माओवादी केन्द्रका दुर्गालाल गुरुङलाई युवा भेलाको संयोजन गर्ने जिम्मेबारी दिएको छ । उक्त भेलामा सबै राजनीतिक दलमा आवद्ध युवाहरु तथा राजनीतिक दलमा आवद्ध नभएका युवाहरुलाई संगठित गरि समिति निर्माण गर्ने संयोजनको जिम्मेबारी पाएका अर्जुन अधिकारीले बताए ।

उक्त समितिले गर्ने कामहरुको बारेमा आगामी भेलामा थप निर्णय हुने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय