भानु र भिमादमा पसलहरुको अनुगमन, अधिकांश पसलमा मूल्य सुची नभएको पाईयो

Devghat Online

शेयर गरौ

दमौली, असोज १६

तनहुँको भानु नगरपालिका र भिमाद नगरपालिकामा पसलहरुमा चाडपर्व लक्षितको अनुगमन गरिएको छ । नगरपालिकामा गठित अनुगमन समितिको संयोजनमा ति दुई नगरपालिकाको बजार क्षेत्रका खाद्यान्न पसलहरुमा अनुगमन गरिएको हो ।

भानु नगरपालिकाले बुधबार ५६ वटा पसलहरुको अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, अखाध्य वस्तुको प्रयोग, सरसफाईमा ध्यान दिए नदिएको, म्याद नाघेको वस्तुको विक्री वितरण, पसल दर्ता भए नभएका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाकी उप–प्रमुख एवं बजार अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिइन् ।

बजार अनुगमन समितिले नगरपालिकाको वडा नम्बर १ को साजबोटे र कल्याणटार क्षेत्रमा गनुगमन गरेको हो । दसैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर अनुगमन गर्न सुरु गरेको समितिले उक्त क्षेत्रका खाद्यान्न, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरुमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा अधिकाँश पसलमा मूल्य सुची नराखिएको भेटिएको, पसल दर्ता नगरेका, नविकरण नगरिएको भेटिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज ज्ञावलीले जानकारी दिए । साथै अनुगमन समितिले व्यवसाय सञ्चालनको मापदण्ड पुरा नगरेका पसल सञ्चालकहरुलाई यथासक्य प्रक्रिया पुरा गर्न निर्देशन समेत दिएको छ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिइएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।

अनुगमनका क्रममा अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नम्बर १ की वडा अध्यक्ष कान्छीमाया तामाङ, भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्रशासकीय अधिकृत युवराज ज्ञावाली, जनस्वास्थ्य निरीक्षक शिवराज मिश्र, पशु बिकास अधिकृत डाक्टर शुशिल ऐरी, ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक दिपक कुँवर, कृषि शाखाकी प्राविधिक संगीता आचार्य, पशु शाखाका प्रविधिक अमित ढुँगाना लगाएतको सहभागिता रहेको थियो ।

यसैगरि भिमाद नगरपालिकाले बुधबार पसलहरुको अनुगमन गरेको छ । बजार अनुगमन टोली बनाएर बजार अनुगमन गरिएको अनुगमन टोली संयोजक अजय सुवेदीले वताए । दसैं, तिहार र छठजस्ता चार्ड पर्वलाई लक्षीत गरि अनुगमन गरिएको अजय सुवेदीले वताए । भिमाद नगरपालिका वडा नम्बर ६ को वसपार्क र क्याम्पस रोड क्षेत्रका २२ वटा फर्महरुमा अनुगमन गरेको थियो ।

२२ फर्म मध्य ६ वटा होटल तथा रेष्टुरा, ५ वटा खाद्य पसल, ३ वटा मासु पसल र १ वटा फर्निचर अनुगमन गरिएको थियो । चार्डपर्वको समययमा अखाद्य वस्तुको विगविगि र बजार महँगो हुने भएको कारण बजार अनुगमन सुरु गरिएको हो । अनुगमन गरिएका फमहरुमा साइनबोर्ड, विक्रि मूल्य सुचि,व् यवसाय कर नतिरेको, व्यवसाय दर्ता नै नगरि व्यवसाय संचालन गरिएको फेला परेको संयोजक सुवेदीले वताए ।

साइनबोर्ड नराखेकालाई ५ दिन भित्र राख्नु पर्ने, व्यवसाय कर नतिर्नेले ७ दिन भित्र तिर्न पर्ने नियम अनुसार भएको भए कानुन अनुसार जरिवाना समेत हुने पसलेहरुलाई सचेत गरेको बताए । सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष म्याद नाघेका खाद्य वस्तुहरु कमनै फेला परेको बताए ।

अनुगमन टोलीमा भिमाद पशुसेवा शाखाका पशु चिकित्सक ऋषिकेश झा, नगर उद्योग वाणिज्य संघका प्रतिनिधि धुव्र कुमार श्रेष्ठ, भिमाद इलाका प्रहरी कार्यालयका इन्चार्ज उदयराज पौडेल, कृषि सेवा सेवा प्राविधिक साहयक महमद नमिफ मियाँ लगाएतका रहेका थिए । भिमाद नगरपालिकाले बजार अनुगमन नीति पास गरेको छ अवदेखी बजार अनुगमन नीयमित हुने अनुगमन समितिका संयोजक सुवेदीले वताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय