श्रेष्ठ दम्पत्तीद्वारा गौसंरक्षण केन्द्रलाई १ लाख १०५ रुपैयाँ प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, असोज १६

भरतपुर नपा–२ आदर्शनगर निवासी धार्मिक एबम् आध्यात्मिक व्यक्तित्व गोपीमान श्रेष्ठ र उनकी धर्मपत्नी बिना देवी श्रेष्ठले श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सन्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा संरक्षित गाईलाई दीर्घकालसम्म संरक्षण गर्ने उद्देश्यले स्थापित अक्षयकोषमा १ लाख १०५ रुपैयाँ प्रदान गरेका छन् ।

पितृ विसर्जन औंसी श्राद्धको अवसरमा बुधबार श्रेष्ठ दम्पत्तीले उक्त रकम उपलब्ध गराई गौ संरक्षण केन्द्रको संरक्षक सदस्य बन्नु भएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताए ।

राष्ट्रगुरु योगी नरहरिनाथले २०४३ साल बाट शुरू गर्नु भएको उक्त गौ संरक्षण अभियान हालसम्म निरन्तर सन्चालित छ । हाल २५० जति स्थानिय जातका गाई त्यहा संरक्षित रहेको अध्यक्ष नवराज ढकालले बताए । गाईको रक्षा भयो भने मात्र वैद्धिक सनातन धर्मको रक्षा हुनाले धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देस्यका साथ रैथाने गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उद्देस्यले यहां गौ संरक्षण अभियान सञ्चालनमा रहेको अध्यक्ष ढकालले बताए ।

गौ संरक्षण केन्द्रमा यस क्षेत्रका गौ भक्त महानुभावले जन स्तरबाट सहयोग जुट्ने र त्यसको उचित व्यवस्थापन गौ संरक्षण केन्द्र सञ्चालक समितिले गर्ने गरेको छ । अक्षयकोष रकमलाई बढाई कार्तिक सम्म एक करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको र हाल सम्म ८२ लाख रकम अक्षयकोष खातामा रहेको अध्यक्ष ढकालले जानकारी गराए । यहाँ रहेका स्थानिय जातका गाईलाई सेवा गर्न, गौ दर्शन गर्न आउन सबैलाई अनुरोध गर्दै यो अभियानमा जुटन पनि अध्यक्ष ढकालले अपिल गरेका छन् ।

उक्त अवसरमा दाता गोपिमान श्रेष्ठले गौ सेवा जस्तो पवित्र कार्यमा जुटन पाउँदा आफूलाई आनन्द लागेको बताए । वैद्धिक गाई संरक्षणमा सबैजना लाग्न हुन अनुरोध गर्दै जीवनमा गर्नै पर्ने सेवामा गौ सेवा रहेकोले आफु नियमित चोकर दाता पनि भएको र वागीश्वरी क्षेत्रमा आउँदा आनन्दको अनुभूति हुने उनले बताए । सो अवसरमा श्री वागिश्वरी आध्यात्मिक परिषद्का योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया र गौ संरक्षण केन्द्रका सदस्य दयामुर्ती पोखरेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु