आबुँखैरेनीबासीलाई दशैंमा घर आउन बसको व्यवस्था

Devghat Online

शेयर गरौ

दमौली, असोज १७

आबुँखैरेनी गाउँपालिकाको ब्यवस्थापन तथा आबुखैरेनी समाज काठमाडौंको संयोजनमा काठमाडौंमा रहने आबुँखैरेनीबासीलाई दशैंमा घर आउनकोलागि बसको व्यवस्था गरिएको जनाएको छ । नजिकिँदै गरेको दशैंलाई मध्यनजर गर्दै आबुँखैरेनी गाउँपालिका र आबुखैरेनी समाज काठमाडौंले आबुँखैरेनीबासीलाई घर आउन बसको व्यवस्था गरिएको जनाईएको छ ।

चाड पर्व नजिकिदै गरेको अबस्थामा आईपरेको बिपद्ले जनजीवनमा गम्भीर असर गरेको सन्दर्भमा राजमार्गहरुको यात्रा जोखिमपूर्ण रहेको र जसको कारण यातायातका साधनमा सिट नमिल्ने तथा चर्को भाडा तथा अनिश्चित यात्राको समस्याको कारण अध्ययनको लागि काठमाडौ रहेका विद्यार्थी, उपचारका शिलशिलमा रोकिएका बिरामी तथा विभिन्न पेसा ब्याबसायमा रहेका आबुँखैरेनीबासीलाई सुरक्षित तबरले गाउँ जाने यातायातको ब्यबस्था मिलाईएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

बस असोज १९ गते शनिबार दिउँसो १२ बजे, स्काई ब्यांकेट एण्ड पार्टी प्यालेस सामाखुसी चोक तथा असोज २३ गते बुधबार बिहान ११ बजे सोही ठाउँबाट छुट्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु