आबुँखैरेनीबासीलाई दशैंमा घर आउन बसको व्यवस्था

Devghat Online

शेयर गरौ

दमौली, असोज १७

आबुँखैरेनी गाउँपालिकाको ब्यवस्थापन तथा आबुखैरेनी समाज काठमाडौंको संयोजनमा काठमाडौंमा रहने आबुँखैरेनीबासीलाई दशैंमा घर आउनकोलागि बसको व्यवस्था गरिएको जनाएको छ । नजिकिँदै गरेको दशैंलाई मध्यनजर गर्दै आबुँखैरेनी गाउँपालिका र आबुखैरेनी समाज काठमाडौंले आबुँखैरेनीबासीलाई घर आउन बसको व्यवस्था गरिएको जनाईएको छ ।

चाड पर्व नजिकिदै गरेको अबस्थामा आईपरेको बिपद्ले जनजीवनमा गम्भीर असर गरेको सन्दर्भमा राजमार्गहरुको यात्रा जोखिमपूर्ण रहेको र जसको कारण यातायातका साधनमा सिट नमिल्ने तथा चर्को भाडा तथा अनिश्चित यात्राको समस्याको कारण अध्ययनको लागि काठमाडौ रहेका विद्यार्थी, उपचारका शिलशिलमा रोकिएका बिरामी तथा विभिन्न पेसा ब्याबसायमा रहेका आबुँखैरेनीबासीलाई सुरक्षित तबरले गाउँ जाने यातायातको ब्यबस्था मिलाईएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

बस असोज १९ गते शनिबार दिउँसो १२ बजे, स्काई ब्यांकेट एण्ड पार्टी प्यालेस सामाखुसी चोक तथा असोज २३ गते बुधबार बिहान ११ बजे सोही ठाउँबाट छुट्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय