देवघाटमा खेलाडी छनौट प्रतियोगिता आयोजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असोज १७

‘खेल खेलौ स्वास्थ्यको लागि खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ देवघाट गाउँपालिका वडा नम्बर ५ खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ५ को हाटबजारमा खेलाडी छनौट प्रतियोगिता विहिबारदेखी देवघाटमा सुरु भएको छ । उक्त प्रतियोगिताको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले उद्घाटन गरे ।

वडा नम्बर ५ खेलकुँद विकास समितिका अध्यक्ष टीका रानाको अध्यक्षतमामा आयोजित उक्त कार्यक्रमा वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, वडा नम्बर ५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङ, देवघाट खेलकुद समितिका अध्यक्ष अमर फेवाली, देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्ल, कालिका सामुदायिक बनका अध्यक्ष कृष्णराज न्यौपाने, देवपुर टोल बिकास समितिका अध्यक्ष सुकु गुरुङ, सामुदायिक सेवा केन्द्र देवघाटका अध्यक्ष सन्जिव भारती, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य दिवाकर मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त प्रतियोगितामा पुरुष तर्फ १० टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगिताबाट वडा नम्बर ५ को टिमकोलागि उत्कृष्ट खेलाडी छनौट गरिनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५ हजार तथा दोश्रो हुने टिमलाई नगद ३ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता अन्तर्गत विहिबार भएको खेलमा साढेबगर ए र साढेवगर बी लाई हराई सेमीफाईनलमा पुग्यो । रातामाटे सुन्दरबस्ती र देवपुर टोलबिकासको विचको अर्काे खेलमा रातामाटे सुन्दरबस्तीले देवपुरलाई हराउदै सेमीफाइनलमा पुगेको छ । यसैगरि सिरसिरे टोल र कालिमाटी विचको अर्काे खेलमा सिरसिरे टोलले जित हासिल गर्दै खेल सेमीफाइनलमा पुगेको छ । त्यसैगरि साउने र नयाँबस्ती विचको खेलमा साउने टोल बिकासले जित हासिल गर्दै सेमीफाइनलमा पुगेको छ ।

प्रतियोगिता अन्तर्गतको सेमीफाइनल खेल र फाईनल खेल शुक्रबार हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म