चितवनको मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी

Devghat Online

शेयर गरौ

चितवन, असोज १८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

उनीहरुले ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म