चितवनको मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी

Devghat Online

शेयर गरौ

चितवन, असोज १८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

उनीहरुले ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले