सांसद श्रेष्ठ यस वर्ष दशैंको अवसरमा गरिने शुभकामना कार्यक्रममा सहभागी नहुने

Devghat Online

शेयर गरौ

दमौली, असोज १९

प्रतिनिधि सभाका सांसद तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसान यस वर्ष दशैंको अवसरमा गरिने शुभकामना कार्यक्रममा सहभागी नहुने भएका छन् । गत असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण देशका विभिन्न भु–भागमा आएको बाढी पहिरोमा परी सयौँ नागरिकले ज्यान गुमाएको तथा, कैयौँ घाइते र अझै केही नागरिक बेपत्ता भएको अवस्थामा यस्तो दुःखको घडीमा यसपाली दसैँ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएका कुनैपनि कार्यक्रममा सहभागी नहुने सांसद श्रेष्ठले जनाएका छन् ।

‘हाम्रा चाडबाडले प्रत्येक वर्ष आम नेपालीको घरदैलोमा खुसी र उमङ्गको बहार बोकेर ल्याउँथे । तर, यसपाली कैयौँ नेपालीलाई दसैँ दशा बनेर आएको छ’ बारा क्षेत्र नम्बर ४ का सांसद श्रेष्ठले भनेका छन् ‘त्यसकारण यसपाली दसैँ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएका कुनैपनि कार्यक्रममा सहभागी नहुने निधो गरेको छु ।’

विपत्तिले जनधनको क्षति मात्र नभई विभिन्न सडक सन्जाललाई समेत तोडेको अवस्था रहेको भन्दै सांसद श्रेष्ठले दसैंका लागि यात्रा तय गर्नु भएकाहरुले संयमित भइ यात्रा गर्न र फजुल खर्च नगरि चाडबाड मनाउँन पनि सांसद श्रेष्ठले जनसमुदायमा अनुरोध गरेका छन् । विपद्का पीडितहरुलाई आवश्यक राहत समयमै उपलब्ध गराउनका लागि पनि सांसद श्रेष्ठले सरकारसँग माग गरेका छन् ।

गत असोज ११ र १२ गतेको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पुर्ण नागरिक प्रती श्रद्धाञ्जली दिदै सांसद श्रेष्ठले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति माता नवदुर्गा भवानीले प्रदान गरुन् भनि कामना समेत गर्दै सम्पुर्ण जनसमुदायमा बिजयादशमी, शुभदिपावली र छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु