दमौली, असोज १९
नेपाल कम्युनिस्ट पार्टी (एमाले) व्यास नगरपालिका वडा नम्बर ११ वडा कमिटीको १३औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले बाबुराम अधिकारीको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा कृष्णबहादुर दुरा, सचिवमा अर्जुनबहादुर अधिकारी, उपसचिवद्वयमा सुवेन्द्र ढकाल र बिमला सुनार लगायत २३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ ।
जामुनेमा सम्पन्न अधिवेशनको नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक बहादुर रानाले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले नेकपा एमालेले मिसन ८४ लाई सफल बनाउन वडा तथा टोल स्तरबाट कार्यक्रमहरू अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कमिटीका कार्यवाहक अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हरिराज कंडेल, नेकपा एमाले गण्डकी प्रदेश कमिटी पूर्व सदस्य श्रीराम कार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता कैनी, नेकपा एमाले व्यासनगर कमिटी अध्यक्ष तुल्सीराम पाण्डे, निवर्तमान अध्यक्ष वीरेन्द्रबहादुर अधिकारी, नगर कमिटी सचिव रामचन्द्र अधिकारी, उपसचिव सुदीप पौडेल लगायतले मन्तव्य राखेका थिए ।