नेकपा एमाले व्यास ११ वडा कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी

Devghat Online

शेयर गरौ

दमौली, असोज १९

नेपाल कम्युनिस्ट पार्टी (एमाले) व्यास नगरपालिका वडा नम्बर ११ वडा कमिटीको १३औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले बाबुराम अधिकारीको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा कृष्णबहादुर दुरा, सचिवमा अर्जुनबहादुर अधिकारी, उपसचिवद्वयमा सुवेन्द्र ढकाल र बिमला सुनार लगायत २३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ ।

जामुनेमा सम्पन्न अधिवेशनको नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक बहादुर रानाले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले नेकपा एमालेले मिसन ८४ लाई सफल बनाउन वडा तथा टोल स्तरबाट कार्यक्रमहरू अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कमिटीका कार्यवाहक अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हरिराज कंडेल, नेकपा एमाले गण्डकी प्रदेश कमिटी पूर्व सदस्य श्रीराम कार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता कैनी, नेकपा एमाले व्यासनगर कमिटी अध्यक्ष तुल्सीराम पाण्डे, निवर्तमान अध्यक्ष वीरेन्द्रबहादुर अधिकारी, नगर कमिटी सचिव रामचन्द्र अधिकारी, उपसचिव सुदीप पौडेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको