दमौली, असोज १९
गत असोज ११ र १२ को अबिर बर्षाको कारण त्रिशुली नदीमा आएको बाढीले क्षती पुर्याएको तनहुँको आबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिकाको घुमाउने जोड्ने झोलुङ्गे पुलको आबुँखैरेनी गाउँपालिकाले मर्मत गर्ने भएको छ ।
बाढीले पुल क्षती भएपछि सर्वसाधरण आवतजावत गर्न पनि जोखिम बढेको थियो । उक्त पुल मर्मत गर्न संघ र प्रदेश सरकाको मुख ताक्ने हो भने महिनौं लाग्ने भएपछि आबुँखैरेनी गाउँपालिकाले नै उक्त पुलको मर्मत गर्ने भएको हो ।
उक्त पुलको शुक्रबार गन्डकी प्रदेश सभाका सांसद हरिबहादुर चुमान र आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निरिक्षण गरेका थिए । आबुँखैरेनी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सन्तोष गुरुङ र गाउँपालिकाका प्राविधिक सहित गएका अध्यक्ष चुमानले उक्त पुलको तत्काल निरिक्षण गरि पुलको निर्माण कार्य तत्काल सुरु गर्ने बताएका थिए ।
मुग्लिन–नारयणगढ सडक खन्डबाट तनकुँको घुमाउने जाने एक मात्र उक्त झोलुङ्गे पुल बाढीले क्षती भएपछि त्यसले उक्त भेगका जनतालाइ पर्न गएको असुविधालाई ध्यान दिँदै तत्काल मर्मत गर्ने प्रक्रिया सुरु भएको गाउँपालिकाका अध्यक्ष चुमानले बताए । साथै पहिरोको कारण घुमाउने प्युघरमा अबरुद्ध भएको बुद्धसिंह मार्ग गाउँपालिकाले सफा गरि यातयात सुचारु गरेको छ ।
बुद्धसिंह मार्गलाई मुग्लिन–नारयणगढ सडक खन्डमा जोड्ने चितवनको घुमाउनेमा मोटरेवल पुल निर्माणको १० वर्षसम्म पनि पुरा नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । उक्त पुल हालसम्म जम्मा ४० प्रतिशत भौतिक प्रगति भएको छ । मोटरसाइकल भने डोहो¥याएर उक्त झोलुङ्गे पुल हुँदै मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।
दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुई पाँग्रे सवारी साधन आवतजावत गरेपनि दुई पाँग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन तर बस तथा अन्य सवारी साधन भने पुलको अभावमा तनहुँ क्षेत्रमै रोकिन गरेका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे–आँबुखैरेनी–मुग्लिन हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ । बाढीले पुल क्षती भएपछि उक्त पुलमा मोटरसाईकल आवतजावतमा रोक लगाईएको छ ।