विपदको कारण देवघाटमा भएको क्षतीको पुननिर्माण गरिने

Devghat Online

शेयर गरौ

देवघाट, असोज २०

हालैको विपदको घटनामा परि क्षती भएका देवघाट गाउँपालिकाका संरचनाहरु पुननिर्माण गरिने भएको छ । आइतबार सम्पन्न गाउँपालिका विपद समितिको बैठकमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले विपदको कारण भएको क्षतीको मुल्यांकन गरि पुननिर्माणको काम सुरु गरिने बताए ।

ठुला क्षतीहरुमा गाउँपालिकाको श्रोतले नभ्याउने हुँदा त्यसकोलागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने र साना क्षतीहरुको गाउँपालिकाले नै पुननिर्माण गर्ने अध्यक्ष थापाले बताए ।

 

गाउँपालिका अध्यक्ष थापाले विपद कोषमा रहेको रकमले क्रमशः प्राथमिकता निर्धारण गरि पुननिर्माणको काम गर्ने बताए । दशैं आईसकेको र पानीले क्षती पु¥याएका ग्रामिण सडकहरु सुचारु नहुँदा जनतालाई असर पर्ने भएकोले सबैभन्दा पहिलो प्राथमिकता ग्रामिण सडकहरुलाई सुचारु गराउने रहेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उक्त बैठकमा गाउँपालिकका उपाध्यक्ष भुवनसिंह गुरुङ तथा वडा अध्यक्षहरु क्रमशः मणिराज गुरुङ, मिनबहादुर राना, टेकबहादुर आले, मित्रलाल गुरुङ र पुर्णबहादुर कुँवर, नेकपा एमालेका गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, नेपाली काँग्रेसका गाउँ कार्यसमितिका सदस्य भरत आचार्य, नेकपा माओवादी केन्द्रका गाउँ कमिटिका उपाध्यक्ष जयकृष्ण सुवेदीले विपद्ले पु¥याएको क्षतीहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने