विपदको कारण देवघाटमा भएको क्षतीको पुननिर्माण गरिने

Devghat Online

शेयर गरौ

देवघाट, असोज २०

हालैको विपदको घटनामा परि क्षती भएका देवघाट गाउँपालिकाका संरचनाहरु पुननिर्माण गरिने भएको छ । आइतबार सम्पन्न गाउँपालिका विपद समितिको बैठकमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले विपदको कारण भएको क्षतीको मुल्यांकन गरि पुननिर्माणको काम सुरु गरिने बताए ।

ठुला क्षतीहरुमा गाउँपालिकाको श्रोतले नभ्याउने हुँदा त्यसकोलागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने र साना क्षतीहरुको गाउँपालिकाले नै पुननिर्माण गर्ने अध्यक्ष थापाले बताए ।

 

गाउँपालिका अध्यक्ष थापाले विपद कोषमा रहेको रकमले क्रमशः प्राथमिकता निर्धारण गरि पुननिर्माणको काम गर्ने बताए । दशैं आईसकेको र पानीले क्षती पु¥याएका ग्रामिण सडकहरु सुचारु नहुँदा जनतालाई असर पर्ने भएकोले सबैभन्दा पहिलो प्राथमिकता ग्रामिण सडकहरुलाई सुचारु गराउने रहेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उक्त बैठकमा गाउँपालिकका उपाध्यक्ष भुवनसिंह गुरुङ तथा वडा अध्यक्षहरु क्रमशः मणिराज गुरुङ, मिनबहादुर राना, टेकबहादुर आले, मित्रलाल गुरुङ र पुर्णबहादुर कुँवर, नेकपा एमालेका गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, नेपाली काँग्रेसका गाउँ कार्यसमितिका सदस्य भरत आचार्य, नेकपा माओवादी केन्द्रका गाउँ कमिटिका उपाध्यक्ष जयकृष्ण सुवेदीले विपद्ले पु¥याएको क्षतीहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु