नेपाल पत्रकार महासंघको चुनाव आगामी मङ्सिर २८ गते हुने

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज २०

नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासंघका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा सम्पन्न भेलाले मङ्सिर २८ गते चुनाव गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै सदस्यताको विवाद भएमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु