मनोहर माविको भुपु विद्यार्थी समाजको अक्षयकोषमा डा.पौडेलले गरे ५० हजार सहयोग

Devghat Online

शेयर गरौ

दमौली, असोज २०

भानु नपा–८ महन्ते हटिया स्थित भुपु विद्यार्थी समाजको अक्षयकोषमा विद्यालयका पुर्व विद्यार्थी डा.पौडेलले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । भानु नपा–८ निवासी पौडेलले भुपु विद्यार्थी समाजको अक्षयकोषमा उक्त रकम सहयोग गरेको भुपु विद्यार्थी समाजका अध्यक्ष रिदय भट्टले जानकारी दिए ।

डा.पौडेलले आफ्नो गाउँ र बिद्यालयको लागि बिगत देखि सहयोग गर्दै आएको र राम्रो कामको लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष भट्टले बताए । सामाजिक कार्यमा सकृय पौडेल हाल अध्ययन अध्यापनको शिलशिलामा इटलिमा कार्यरत छन् । पौडेलको उच्च सहयोगकोलागि मनोहर माध्यमिक बिद्यालय भुपु बिद्यार्थी समाजले धन्यवाद ज्ञापन गरेको अध्यक्ष भट्टले बताए । यस अघि पनि डा.पौडेलले विद्यालयको खातामा २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

भुपु विद्यार्थी समाज मनोहर माविले विद्यालयको प्राङ्गणमा २ लाख ५५ हजारको लागतमा विद्यालय मन्च निर्माण गरेको छ । उक्त मन्चको आगामी असोज २४ गते फुलपातीको दिन भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष भट्टले जानकारी दिए ।

यसैगरि समाजले विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रबृत्ति कोषको स्थापना पनि गर्ने अध्यक्ष भट्टले बताए । भुपु विद्यार्थी समाजको अक्षयकोषको लागि हालसम्म करिब ५ लाख रुपैयाँ संकलन भईसकेको अध्यक्ष भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु