दमौली, असोज २१
ट्याक्टरको ठक्करबाट व्यास नपा १ गल्बुवेशीमा एक बालकको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुने ७ बर्षिय बालक सविन कुमाल रहेका छन् । आफ्नै दिदीसँग विद्यालय जाँदै गरेका कुमाललाई ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ मृत्यु भएको हो ।
घाइते बालक कुमाललाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक बालक गल्बुवेशी स्थित तनहुँ ज्ञानगंगा बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी हुन् ।