मगर भाषाको पाठ्यक्रम निर्माण सम्बन्धि अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असोज २१

नेपाल मगर संघ व्यास नगर समितीको आयोजनामा मगर भाषाको पठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार व्यास नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ ।

नेपाल मगर संघ व्यास नगर समितिकी अध्यक्ष रिमा आलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास नगर पालिकाका मेयर बैकुन्ठ नाथ न्यौपाने, व्यास नगर शिक्षा अधिकारी केदार आचार्य, नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगर, व्यास नपा वडा नं. १४ का अध्यक्ष काजिमान श्रेष्ठ, आदिकवी भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हद्खले लगाएतले मगरभाषाको संरक्षण सम्बन्धमा मनतव्य राखेका थिए ।

उक्त कार्यक्रममा फलबहादुर थापाले मगर पाठ्यपस्तकको बारमो जानकारी गराएका थिए भने सहभागीहरुबाट उठेका जिज्ञासाको बारेमा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण समिति संयोजक इन्द्रबहादुर आलेले प्रष्ट पारेका थिए । कार्यक्रमको सन्चालन अमर थापा मगरले गरेका थिए ।

व्यास नगरपालिकामा मगर भाषाको पाठ्यपुस्तक निर्माणकोलागि ईन्द्र बहादुर आले मगरेको संयोजकत्वमा नन्दु थापा मगर, याम बहादुर आले मगर, अमर थापा मगर र फल बहादुर थापा मगर रहेको समिति निर्माण गरिएको छ भने सिद्धान्त गर्जा मगरको संयोजकत्वमा पाठ्यक्रम र पाठ्यपुस्तक अनुगमन समिति निर्माण गरिएको छ ।

उक्त समितिको सदस्यहरुमा मनिराज थापा मगर, खड्का सिं थापा, सोम बहादुर थापा मगर, पूर्ण थापा मगर रहेका छन् । पाठ्य पुस्तकको सम्पादकमा याम लाल थापा मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर