दमौली, असोज २१
व्यास नगरपालिकाले प्राकृतिक प्रकोपका पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले देशभरिको विपत्तिमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहतकोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।



हालसालैको आएको अति वर्षावाट प्रभावित व्यास नगरपालिका अन्तर्गतका सबै वडाहरूको विवरण अध्ययन गरी प्रभावित घर, खानेपानीका संरचना र सडक संरचनालाई पुनस्थापनामा सहयोग पु¥याउने पनि नगरपालिकाले निर्णय गरेको छ ।
बैठकले बडा दशै, शुभ दिपावली, छठ पर्व २०८१ र नेपालसम्मत ११४५ को उपलक्ष्यमा सम्पूर्ण नगरवासी दाजुभाई दिदीवहिनीहरूमा परस्पर सद्भाव र सकारात्मक सोचको विकास एवं सुस्वास्थ्यको कामना गर्दै वातावरण मैत्री नगरपालिका निर्माणमा सहयोग प्रदान गर्न र डेंगु लगायतका असरहरुबाट सचेत रहन समेत नगरवासीमा अनुरोध गरेको नगरपालिकाका प्रवक्ता जिवन गुरुङद्वारा जारि गरिएको विज्ञप्तिमा जनाईएको छ ।