व्यास नगरपालिकामा भाइरल ज्वरो र डेंगुका विरामी बढ्दो, अस्पतालमा शैयाको अभाव

Devghat Online

शेयर गरौ

दमौली, असोज २८
तनहुँको व्यास नगरपालिकामा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शैंयाको अभाव भएको छ ।

१५ शैंया क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शैंया अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले बताए ।
‘शैयाको अभावमा विरामीको अपचारमा समस्या भएको छ, विशेष गरेर डेङ्गुका बिरामीको चाप अनपेक्षितरूपमा बढेको छ’, उनले भने । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्यांक अनुसार व्यास नगरपालिकामा डेंगुका १३५० जना विरामी फेला परेका छन् । ति मध्ये अधिकांश बजार क्षेत्रका रहेका छन् ।

व्यास नगरापालिकाका वडा नम्बर १,२, ३, ४ र ५ मा डेङ्गुका बिरामीको संख्या दिन प्रतिदिन बढीरहेको छ । अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरामण वाग्लेले बताए । शैंयाको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।

तनहुँ जिल्लाभर ३६६८ डेंगुका विरामी

स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ३६६८ जना डेंगुका विरामी रहेका छन् । त्यसमध्ये सबैभन्दा धेरै आबुँखैरेनी गाउँपालिकामा १५६१ जना रहेका छन् । त्यस्तै व्यास नगरपालिकामा १३५०, शुक्लागन्डकी नगरपालिकामा ४२१, बन्दिपुर गाउँपालिकामा १३७, देवघाट गाउँपालिकामा ५३, म्याग्दे गाउँपालिकामा ४२, भानु नगरपालिकामा ४०, भिमाद नगरपालिकामा ३७ तथा ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण