व्यास नगरपालिकामा भाइरल ज्वरो र डेंगुका विरामी बढ्दो, अस्पतालमा शैयाको अभाव

Devghat Online

शेयर गरौ

दमौली, असोज २८
तनहुँको व्यास नगरपालिकामा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शैंयाको अभाव भएको छ ।

१५ शैंया क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शैंया अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले बताए ।
‘शैयाको अभावमा विरामीको अपचारमा समस्या भएको छ, विशेष गरेर डेङ्गुका बिरामीको चाप अनपेक्षितरूपमा बढेको छ’, उनले भने । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्यांक अनुसार व्यास नगरपालिकामा डेंगुका १३५० जना विरामी फेला परेका छन् । ति मध्ये अधिकांश बजार क्षेत्रका रहेका छन् ।

व्यास नगरापालिकाका वडा नम्बर १,२, ३, ४ र ५ मा डेङ्गुका बिरामीको संख्या दिन प्रतिदिन बढीरहेको छ । अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरामण वाग्लेले बताए । शैंयाको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।

तनहुँ जिल्लाभर ३६६८ डेंगुका विरामी

स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ३६६८ जना डेंगुका विरामी रहेका छन् । त्यसमध्ये सबैभन्दा धेरै आबुँखैरेनी गाउँपालिकामा १५६१ जना रहेका छन् । त्यस्तै व्यास नगरपालिकामा १३५०, शुक्लागन्डकी नगरपालिकामा ४२१, बन्दिपुर गाउँपालिकामा १३७, देवघाट गाउँपालिकामा ५३, म्याग्दे गाउँपालिकामा ४२, भानु नगरपालिकामा ४०, भिमाद नगरपालिकामा ३७ तथा ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म