देवघाट–२ मा साविक वडा स्तरीय भलिवल प्रतियोगिता आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, असोज २९

बडादशैंको अवसरमा देवघाट गाउँपालिका–२ जरममा साविक वडा स्तरीय भलिवल प्रतियोगिता आयोजना भएको छ ।

लाङघाली विकास युवा क्लवको आयोजनामा भएको उक्त प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो । साथै उक्त अवसरमा बृहत सांस्कृतिक कार्यक्रम पनि प्रर्दशन गरिएको थियो । उक्त प्रतियोगिताको नेपाली काँग्रेसका जिल्ला कार्य समितिका सदस्य अर्जुन अधिकारीले उद्घाटन गरे ।

क्लवका अध्यक्ष लोकेश सिंजाली मगरको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा प्रमुख अतिथी अधिकारी, विशिष्ट अतिथी देवघाट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिनबहादुर राना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन दुर्गाबहादुर रानाले गरेका थिए भने स्वागत मन्तव्य रविन्द्र गुरुङले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त