देवघाट–२ मा साविक वडा स्तरीय भलिवल प्रतियोगिता आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, असोज २९

बडादशैंको अवसरमा देवघाट गाउँपालिका–२ जरममा साविक वडा स्तरीय भलिवल प्रतियोगिता आयोजना भएको छ ।

लाङघाली विकास युवा क्लवको आयोजनामा भएको उक्त प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो । साथै उक्त अवसरमा बृहत सांस्कृतिक कार्यक्रम पनि प्रर्दशन गरिएको थियो । उक्त प्रतियोगिताको नेपाली काँग्रेसका जिल्ला कार्य समितिका सदस्य अर्जुन अधिकारीले उद्घाटन गरे ।

क्लवका अध्यक्ष लोकेश सिंजाली मगरको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा प्रमुख अतिथी अधिकारी, विशिष्ट अतिथी देवघाट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिनबहादुर राना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन दुर्गाबहादुर रानाले गरेका थिए भने स्वागत मन्तव्य रविन्द्र गुरुङले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने