प्रहरी दिवसमा अमर प्रहरी परिवारलाई सम्मान

Devghat Online

शेयर गरौ

दमौली, असोज ३०

६९ औं प्रहरी दिवसका अवसरमा तनहुँमा विभिन्न समयमा सहादत प्राप्त गरेका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो क्रममा २० जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । सम्मान गर्नु अघि अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापन, शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताए । उनले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताए ।

प्रहरी उपरिक्षक बिरेन्द्रबहादुर शाहीले जनताको जिउ धनको सुरक्षाकोलागि प्रहरीले चौबिसै घन्टा काम गर्ने बताए । प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तो रहेको भन्दै प्रहरी उपरिक्षक शाहीले यही सम्बन्धले जनताको जिउ धनको सुरक्षा गर्न प्रहरीलाई सफलता मिलेको बताए ।

कार्यक्रममा अमर प्रहरी र पूर्व प्रहरीका परिवारले उनीहरुका सन्तानलाई प्रदान गरिने सेवा सुविधा काम भएको गुनासो गरेका थिए । अमर प्रहरी परिवारकी सदस्य पार्वती केसीले प्रहरीले अमर प्रहरी र पूर्व प्रहरीका सन्तानहरुलाई नेपाल प्रहरीले प्रदान गर्ने सेवासुविधा कम भएकाले थप्नुपर्ने बताइन् । उक्त कार्यक्रममा पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीले पनि प्रहरीको भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण