चक्रवर्ती डेरी उद्योगको पसल देवघाटको टाउनचोकमा शुभारम्भ

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा सन्चालित चक्रवर्ती डेरी उद्योगले देवघाट–५ को टाउनचोकमा डेरी पसल शुभारम्भ गरेको छ । विहिबार उक्त डेरी पसलको सहकारीकी संस्थापक अध्यक्ष शुशिला नेपालले उद्घाटन गरिन् । यसैगरि सल्लाहाकार ठाकुरकुमारी काफ्लेले पहिलो ग्राहकलाई सामाग्री विक्री गरेकी थिइन् ।

डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताकोलागि टाउन चोकमा पसल सन्चालन गरिएको सहकारीकी व्यवस्थापक संगिता ओझाले बताइन् । सहकारीले सन्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दहि, घ्यु, पनिर, कुल्फी, आईसक्रिम र खुवा लगायत अवदेखी उक्त पसलबाट पनि विक्री गरिने व्यवस्थापक ओझाले बताइन् ।

उक्त पसल शुभारम्भ कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष मिठिदेवी पौडेल, वर्तमान अध्यक्ष तारादेवी पन्त, उपाध्यक्ष सितादेवी दाहाल, सचिव राधादेवी खनाल, लेखा समिति संयोजक गंगा न्यौपाने, सन्चालक सदस्य साधाना उपाध्याय, सुष्मा तामाङ, बसन्ती थापा, ऋण उपसमितिका संयोजक तारादेवी सापकोटा लगायत शेयर सदस्य तथा सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।

 

सहकारीले आफ्ना शेयर सदस्यबाट संकलित दुधबाट ती बस्तुहरु उत्पादन गर्दै आएको छ । उक्त सहकारीका देवघाट गाउँपालिकाको वडा नम्बर १,४ र ५ का ७९४ जना महिला शेयर सदस्य छन् । ती मध्ये अधिकांश वडा नम्बर ५ का छन् । शेयर सदस्य मध्ये अधिकांश पशुपालनमा संलग्न छन् । सहकारी मार्फत दैनिक ५७० लिटर दुध संकलन हुँदै आएको छ ।
शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिद गरि दुग्धजन्य बस्तुहरु उत्पादन गरि विक्रि गर्दै आएको छ ।

सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित बस्तुहरु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैडाकोट लगायतका बजारहरुमा डेरी पसल मार्फत पनि विक्रि हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा विक्रि हुँदै आएको ओझाले बताईन् ।

सहकारीले टाउनचोकमा डेरी पसल सन्चालन गरेपछि त्यस क्षेत्रका सर्वसाधरणहरु खुसी भएका छन् । अब घर नजिकैको पसलबाट दूध, दही, घ्यु, पनिर, लगायतका उत्पादन पाइने भएपछि सर्वसाधरणले खुसी व्यक्त गरेका छन् ।

व्यवस्थापक ओझाका अनुसार हाल उक्त डेरी उद्योग मार्फत मासिक १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीले दशैं र तिहारको अवसरमा आफ्ना दुग्धजन्य उत्पादनमा भारी मात्रामा छुट दिएको व्यवस्थापक ओझाले बताइन् । सहकारीलाई देवघाट गाउँपालिकाले दुधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित बस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु