बन्दिपुर हिलमा देउसी भैलो प्रतियोगिता हुने, प्रथम पुरस्कार १ लाख

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १

पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना बन्दिपुर हिलमा नेपालीहरुको दोश्रो मुख्य चाड तिहारको अवसरमा देउसी भैलो प्रतियोगिता हुने भएको छ । ‘संगीतमा झुम्दै, खानपिनमा रम्दै, चाडपर्व मनाऔं, चाडपर्व उत्सव–२०८१ मा सहभागी बनौं’ भन्ने नारा सहित बन्दिपुर केवलकारको प्रबद्र्धक कम्पनी बन्दिपुर हिलले ख्याती प्राप्त कलाकारहरुको सांगीतिक कार्यक्रमका साथ यहि कार्तिक ९ देखि १५ गतेसम्म बन्दिपुर केबलकारको लोअर स्टेसन्, केवलकार चोकमा देउसी–भैलो प्रतियोगिता, टिकटक प्रतियोगिता, फन पार्क, रमाईलो मेला, फुड फेष्टिबल र स्थानिय हाटबजार कार्यक्रम सन्चालन हुने बन्दिपुर हिलले जनाएको छ ।

देउसी भैलो प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ रहेको छ । त्यसैगरि द्वित्तिय पुरस्कार ५० हजार, तृतिय पुरस्कार २५ हजार तथा सान्त्वना पुरस्कार १० हजार रहेको छ । त्यसैगरि टिकटक प्रतियोगितामा बढी शेयर भएको भिडियो, बढि भ्युज भएको भिडयो र उत्कृष्ट भिडियोलाई जनही १०÷१० हजार रुपैयाँ दिईने जनाईएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु आशिस राना (लाहुरे), ज्योती मगर, रचना रिमाल, बिलम राज क्षेत्री, युवराज घर्ती, शान्ता रानी परियार, रेशम निर्दाेश, रुपक डोटेल, बिवेक, धिताल, आशा बिसी, राजेश बर्देवा लगायत कलाकारहरुको प्रस्तुती रहनेछ भने नृत्य तर्फ बिनु कार्की, सम्झना गुरुङ्ग, सविता रानाले नृत्य प्रस्तुत गर्नेछन् ।

उक्त कार्यक्रमको प्रायोजकमा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड तथा प्रबद्र्धकमा ड्राइभ इन रेष्टुरेण्ट र टुरिजम् इन्भेष्टमेन्ट फण्ड लिमिटेड रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू