दुलेगौंडा, कार्तिक ५
शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको अध्यक्षमा समुन्द्रराम श्रेष्ठ निर्वाचित भएका छन् । सोमवार विहान सम्पन्न मतगणनामा श्रेष्ठले ३ सय ९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी सुजित हिराचनले २ सय ९८ प्रतिशत मत प्राप्त गरेका थिए ।
बरिष्ठ उपाध्यक्ष पदमा श्रेष्ठ समुहका सुमन सापकोटा निर्वाचित भए । सापकोटाले ३ सय ३५ मत प्राप्त गर्दा उनका प्रत्यासी नारायण कुमार श्रेष्ठले ३ सय १९ मत प्राप्त गरे । बाणिज्य उपाध्यक्ष तर्फ श्रेष्ठ समुहका प्रकाश थापा ३ सय २३ मत ल्याएर निर्वाचित भए । थापाका प्रत्यासी आनन्द सुन्दर श्रेष्ठले ३ सय २ मत प्राप्त गरे । यसैगरी उद्योग तर्फको उपाध्यक्षमा हिराचनको समुहका प्रेमबहादुर श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ३ सय २७ मत प्राप्त गर्दा प्रत्यासी देबेन्द्रबहादुर ढुङ्गानाले ३ सय २१ मत प्राप्त गर ।
महासचिव पदमा पनि हिराचन समुहका सुजन श्रेष्ठ निर्वाचित भए । सुजनले ३ सय ६३ मत प्राप्त गरेका थिए प्रत्यासी पूर्ण बहादुर कायस्थले २ सय ९० मत ल्याएको निर्वाचन समिति संयोजक भानुभक्त सुवेदीले जानकारी दिए ।
मित्रबन्धु पौडेललाई पराजित गर्दै उपमहासचिव पदमा पनि हिराचन समुहकी विर्षना श्रेष्ठ निर्वाचित भइन । श्रेष्ठले ३ सय ५४ मत ल्याउदा प्रत्यासी पौडेलले २ सय ९५ मत प्राप्त गर । यसैगरी कोषाध्य पदमा पनि हिराचन समुहका कमल गैह्रे निर्वाचित भए । गैह्रेले ३ सय ३८ मत प्राप्त गर्दा प्रत्यासी रजनी थापाले ३ सय १२ मत ल्याइन ।
सदस्यहरुमा अमृत घिमिरे, विधान गुरुङ, गम बहादुर केसी, अर्जुन सापकोटा, पिताम्बर तिमिल्सिना, सन्तोष कुमार श्रेष्ठ, बर्म कुमार श्रेष्ठ, गिरी बहादुर थापा, देवीभक्त राना र भुपेन्द्र रिमाल निर्वाचित भए । सैगरी महिला सदस्यमा जोसिला थापा र वसन्त कुमारी श्रेष्ठ निर्वाचित भए ।
आइतवार विहान ८ बजेदेखि साँझ ४ बजेसम्म भएको मतदानमा ८ सय ४८ मतमध्य ७ सय १९ मत खसेको थियो ।
मतदान सकिएपछि आइतवार साँझदेखिनै मतगणना गरिएको हो । असोज २९ गते भएको उम्मेदवार मनोनयनमा एशोसियट सदस्यमा विपिन वाग्ले सर्वसम्मत भएका थिए ।