थानीमाई मन्दिरमा मंगलबारबाट फूलको डोली भित्रिने, मन्दिर परिसर सरसफाइ गरियो

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ५

तनहुँको भानु नपा–७ वसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक महिनाको पहिलो मंगलबारबाट फूलको डोली भित्र्याईने भएको छ । सोमबार सत्यनारायणको पूजा गरि मंगलबारबाट थानीमाईको भाकल स्वरुप फूलको डोली चढाउने प्रचलन छ ।

मन्दिर परिसरमा सरसफाईका लागि सोमबार शसस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेक्वाटर मनकामना तनहुँ, भानु नपा–७ का वडाअध्यक्ष र स्थानीय बासिन्दाहरुको सहभागितामा थानीमाई मन्दिरमा सरसफाई कार्यक्रम गरीएको गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।

प्रसिद्ध धार्मिक स्थलको सरसफाइमा वडा अध्यक्ष लगाएत जनप्रतिनिधि, स्थानीय बासिन्दाको साथमा शसस्त्र प्रहरी बल मनकामना गणको योगदान महत्वपूर्ण रहेको भानु नपाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म